By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : श्री गढीमाई बहुमुखी क्याम्पसका लागि नयाँ भवनको शिलान्यास सम्पन्न गुणस्तरीय शिक्षामा योगदानको अपेक्षा : नगरप्रमुख उपेन्द्र यादव
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

श्री गढीमाई बहुमुखी क्याम्पसका लागि नयाँ भवनको शिलान्यास सम्पन्न गुणस्तरीय शिक्षामा योगदानको अपेक्षा : नगरप्रमुख उपेन्द्र यादव

समाचार अभियान
समाचार अभियान २०८१, १२ माघ शनिबार ०८:१५ पाठक संख्या 402
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा, माघ ११ – श्रीकान्त गुप्ता – महागढीमाई नगरपालिका–०१ मा रहेको श्री गढीमाई बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणका लागि महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले आफ्नो कर कोमल हाथबाट शिलान्यास गरिएको छ । भवनका लागि शिलान्यास गरिएपछि स्थानीय शिक्षा क्षेत्रमा सुधार ल्याउने लक्ष्यसहित अघि बढाइएको यो परियोजनाले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक आधुनिक सुविधा सहितको वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको नगरप्रमुखले यादवले बताउनु भएको थियो ।

क्याम्पस भवनको निर्माणले शिक्षा क्षेत्रमा लामो समयदेखि देखिएका भौतिक संरचनासम्बन्धी अभावलाई सम्बोधन गर्दै दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।गुणस्तरीय शिक्षा विकासका लागि आधुनिक पूर्वाधारको आवश्यकता औंल्याए यो परियोजनालाई नगरपालिका र स्थानीय समुदायको सहकार्यबाट सम्पन्न गरिने जानकारी दिँदै यसले क्षेत्रीय शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा नगरप्रमुख यादवले व्यक्त गरे।

नयाँ भवनमा पुस्तकालय, प्रयोगशाला, कम्प्युटर कोठा, र आधुनिक कक्षाकोठाहरू निर्माण गरिने बताइएको छ। यसले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्न मात्र नभई क्याम्पसको समग्र शैक्षिक वातावरणलाई उन्नत बनाउने लक्ष्य राखिएको छ।

शिलान्यास कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले यस योजनाले आफ्ना छोराछोरीलाई उच्चस्तरीय शिक्षाको पहुँच दिलाउने आशा व्यक्त गरे। उनीहरूले क्याम्पसको भौतिक र शैक्षिक संरचना सुदृढ बनाउने यस प्रयासलाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

गढीमाई बहुमुखी क्याम्पसले स्थानीयस्तरमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। यो नयाँ भवन निर्माणपछि विद्यार्थीहरूको संख्या वृद्धि हुने र उनीहरूको सिकाइ स्तरमा थप सुधार आउने विश्वास गरिएको शिक्षकहरुले बताउनु भएका छन ।

श्री गढीमाई बहुमुखी क्याम्पसको नयाँ भवनको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गरिने लक्ष्य राखिएको छ। यसले महागढीमाई नगरपालिका क्षेत्रको शैक्षिक विकासलाई थप गति दिने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रममा क्याम्पसका अध्यक्ष बिजय स्वर्ण कार,क्याम्पस प्रमुख तेजप्रताप चौधरी,ध्रबेन्द्र यादव , स्थानीय पानालाल साह कलवार ,धिरेन्द्र सिंह,कैलाश महतो, प्रेम साह, भोला साह , प्रमोद साह, जितेन्द्र गुप्ता, शिव चौधरी,दिपप्रकाश गुप्ता , वडा नं २ वडाअध्यक्ष बिश्वनाथ कुशवहा शिक्षाविद्, महिला संजाल बारा अध्यक्ष बबिता साह, अभिभावक, तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। शिलान्यास ओमप्रकाश दुबे ( तुफानी बाबाले) गराउनु भएको थियो ।

 

 

समाचार अभियान January 25, 2025 २०८१, १२ माघ शनिबार ०८:१५
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी1
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?