बारा माघ १ – मंसिरमा लागेको विश्व प्रसिद्ध गढीमाई पन्चबर्षिय मेलामा बलि दिन नसकेका श्रद्धालुहरुले माघे संक्रान्तीको मेलामा विश्व प्रसिद्ध गढीमाई सिमाना भित्र श्रद्धालुहरुले हजारौं हजार पशु दिएको छ ।
प्रसिद्ध गढीमाई मेला संचालन तथा ब्यवस्थापन समितिले आयोजना गरेको माघे संक्रान्ती मेलामा श्रद्धालु हरुले बोका मुर्गा ,मुस ,सुगरको हजारौं हजार संख्यामा बलि दिएको छ। भने परेवा उडाइएको छ । मंसिरमा लगेको गढीमाई मेलामा श्रद्धालुहरु विभिन्न समस्याका कारण बली दिन नसकेका श्रद्धालुहरुले माघे संक्रान्तीको मेलामा बलि दिएको छ ।श्रद्धालुहरुका अनुसार सन्तान नभइरहदा विभिन्न ठाउँमा चेक जांच गराए पनि सन्तान नहुदा गढीमाई मन्दिर आएर आफ्नो इन्छा अनुसार सन्तान माग गर्दा सन्तान प्राप्ति भएपछि हरेक मेला र माघे संक्रान्तीको दिन बलीका लागि बोका लिएर आएको श्रद्धालुहरुले बताएको छ ।
देश तथा बिदेशका श्रद्धालु भक्तजनहरुको मनोकामना इच्छा भाखल पूरा भएपछि प्रसिद्ध गढीमाईको सिमाना भित्री श्रद्धालुहरुले एक हाथमा गढीमाईबाट प्राप्त भएको सतान्त र अर्को हाथमा बलीका लागि बोका लिएर आउने गरेका थिए मेलामा अधिकांश श्रद्धालु भक्तजहरुको काखमा कान्धामा र र साथमा प्राप्त भएको सन्तान र बोका देखिएको छ ।संन्तान प्राप्त भएका अधिकांश श्रद्धालले दुई देखि पाँच वटा सम्म बोका बली दिनको लागि आएको थियो ।
प्रसिद्ध गढीमाई मन्दिरका पुजारी शिव चौधरीका अनुसारमा माघे संक्रान्तीका मेलामा गढीमाईको सिमाना भित्री हजारौं हजार बोका ,मुर्गा ,मुसा ,बंगुर ,र परेवाको बलि दिएको छ । बोका बलीको लागि आफै आंगनमा केही श्रद्धालुले बलि दिनको लागि बोका लिएर आएको छ ।यसपछि गढीमाईमा बली होली सम्म चढाएर यसपछि पाँच बर्षपछि बली चढने बताउनु भएकोछ ।
गढीमाई मेलाले देशलाई अर्थतन्त्रलाई ठुलो सहयोग पुर्याएको छ । मेलामा आएका विभिन्न मनोरञ्जन तथा ब्यापार राम्रो चलेको कारणले ब्यपारीहरुले खुसी भएका छन ।स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको थियो ।गढीमाई मन्दिरमा बोका बली दिने परम्परा आगामी वर्षहरूमा पनि निरन्तर रहने विश्वास व्यक्त गरिएको छ। यस परम्पराले गढीमाई मन्दिरलाई विश्वभरिका श्रद्धालुहरूको ध्यान केन्द्रित गरेको छ।



