By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : हरमोनिममा वर्ल्ड बुक अफ रेकर्ड बनाउने बिमलको चौतर्फी चर्चा
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

हरमोनिममा वर्ल्ड बुक अफ रेकर्ड बनाउने बिमलको चौतर्फी चर्चा

समाचार अभियान
समाचार अभियान २०८१, १८ कार्तिक आईतवार १३:५३ पाठक संख्या 96
शेयर
4 मि. पढ्न लाग्ने समय
शेयर

सर्लाही । हारमोनियममा वर्ल्ड बुक अफ रेकर्ड बनाएपछी सर्लाहीका विमल साहलाई सम्मान गर्ने तथा बधाइ दिने व्यक्तिहरुको आइरो लागेको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १३ श्रीनगर निवासी साहलाई विभिन्न व्यक्ति तथा ठाउँहरुमा सम्मान गर्न निम्तयाउने गरेको भए पनि उनि सँग भने अहिले समय अभाव रहेको छ । साह भन्नुहुन्छ मेरो जन्मथलो जाने प्रवल इच्छा भएपनि समय अभावले जान सकेको छैन । मेरो गाउँवासीले बोलाएपनि आफु समय अभावले जान नपाएको र छिटै समय मिलाएर गाउँ जाने उनले बताए । वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनले बिमल साहलाई संसारकै पहिलो हार्मोनियम डिजिटल ट्युनिङ विशेषज्ञको रुपमा सम्मानित गरेपछि उनको नेपाल र मधेशको नाम अन्तर्राष्ट्रिय मञ्चमा उचो बनाएका छन्। उनलाई आजपा अध्यक्ष प्रभु साह, राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत लगायतका विशिष्ट व्यक्तिहरूले सम्मान गर्दै बधाई समेत दिइसकेका छन ।

जन्मथलो श्रीनगरबाट २०७२ शालमा काठमाडौं कामको लागि पुगेका विमल साह पशुपति छेउमा हारमोनियम सफा गर्ने गर्थे । ऊनि हारमोनियममा पेच कस्ने गर्थे र त्यातीबेला कसैले कल्पना सम्म गरेको थिएन कि विमल डॉक्टरको उपाधि पाउछन र विस्वकार्तिमान गर्छन भनेर । आफ्नो लगन र मेहनत कार्यप्रतिको एकाग्रताको कारण नै आज विमल हार्माेनियममा डिजिटल ट्युनिङ गर्दै विश्व किर्तिमान रच्न सफल हुनुभएको छ । वी. सं. २०४६ शालमा बुवा सत्यनारायण साह र माता राधिकादेवी साहका सन्तानका रुपमा जन्मिनुभएका विमल भारत , चीन , मलेसिया स्ट्रेलिया लगायक देशको समेत भ्रमण गरि सक्नु भएको छ ।हारमोनियममा वर्ल्ड बुक अफ रेकर्ड बनाउने विमल पहिलो व्यक्ति बेनका छन। विमलको अहिले चौतर्फी चर्चा भइरहेको छ । कलाकारहरुलाई नेपालमा अहिले हरमुनियम बिग्रदा सम्झिने पहिलो व्यक्ति विमल नै हुन। उहाँलाई हरमुनियमको डाक्टरको रुपमा पनि चिनिन्छ । गायन क्षेत्रका हस्तीहरुको पहिलो रोजाई नै विमल बनेका छन। नेपाल चर्चित संगीतकार शम्भुजीत बाँस्कोटा देखी गायक संगीतकार दीप श्रेष्ठ, कुन्ती मोक्तान, टीका भण्डारी, रामकृष्ण ढकाल, मनोजराज, सन्तोष श्रेष्ठ, शिव परियार, राजेश पायल राई, अन्जु पन्त, प्रमोद खरेल, विश्व नेपाली, राज सिग्देललगायत नेपाल मा चर्चित गायक गायिकाले विमलबाट हार्माेनियममा ट्युनिङ गराई सकेका छन ।संगित प्रशिक्षणमा नेपालमै सर्वाधिक चर्चित चन्दनकुमार श्रेष्ठ, गुरुदेव कामत, चण्डीप्रसाद काफ्लेले समेत उनीसँग हार्मोनिङ ट्युनिङ गराउँदै आइरहे छन । भारतीय कलाकारहरु उदितनारायण, दीपानारायण, सोनु निगम, कुमार सानु र अनु मलिक सहितका व्यक्तिहरु पनि आफ्नो हारमोनीयम ट्युनिङ गरिदिएको अनुभव सुनाउदै विमलले भने , आफ्नो काम ईमानदारी र लगन साथ गरेर यहांसम्म पुगेको छू । विमल अगाडि भने, ’सबैले माया गर्नुभएको छ , विस्वाश गर्नु भएको छ । ’उनले भोजपुरीका चर्चित गायक तथा अभिनेता पवन सिंह, दिनेशलाल यादव, अवधेश प्रेमी लगायतका हार्मोनियमसमेत मर्मत गराइसक्नु भएको वृतान्त सुनाए ।विमल वल्र्ड बुक अफ रेक्डर्स, लन्डनद्वारा हार्मोनियमको डिजिटल टयुनिङ्ग गर्ने संसारकै पहिलो व्यक्तिको रुपमा सम्मानित हुनुभएको छ ।उहाँ वल्र्ड रेकर्डमा दर्ज गराई सकेपछि अहिले उहाँलाई नेपालमा विभिन्न संघ संस्था तथा दलहरुले सम्मान गरिरहेका छन् । उहाँले नेपालमा हार्मोनियमको क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आउनु भएको छ । उहाँको आफ्नै विमल नामको हार्मोनियम ब्रान्ड समेत छ ।मेहनत गरे सबै सम्भव छ र व्यक्तिलाई महान बनाउछ भन्ने चरितार्थ गर्ने विमल काठमाण्डौंमा एउटा सानो हार्मोनियम मर्मत पसल खोल्नु भएको थियो । २०७३ मा ३० हजार लगानीमा पशुपतीनाथको नामबाट हारमुनियम बिक्रि तथा मर्मत पसल खोल्नु भएका विमलसँग हाल हारमुनियम बनाउन कम्तिमा एक महिना पर्खिनुपर्ने हुन्छ । हार्माेनियम सुनेर सुर, बेसुर छुट्याउँने र सुर लगाउने काम समेत गर्दै आउनुभएको थियो ।

समाचार अभियान November 3, 2024 २०८१, १८ कार्तिक आईतवार १३:५३
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?