बारा – कार्तिक १० । महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र यादवको विशेष पहलमा विश्व प्रसिद्ध गढीमाई पन्चबर्षिय मेलामा आउने श्रद्धालु भक्तजनहरुलाई नि:शुल्क खाना खुवाउने ब्यवस्था भएका छन ।
महागढीमाई नगरपालिका वडा नं १ बरियारपुर अवस्थित विश्व प्रसिद्ध गढीमाई पन्चबर्षिय मेलामा नगरप्रमुख उपेन्द्र यादवको विशेष पहलमा महागढीमाई नगरपालिकाको आर्थिक सहयोगमा मेलामा आउने श्रद्धालु भक्तजहरुको लागि भोजनालयको ब्यवस्थापन गरि नि: शुल्क खाना खुवाउने ब्यवस्था भईरहेको नगरप्रमुख उपेन्द्र यादवले जनकारी दिनु भएका छन ।महागढीमाई नगरपालिका कार्यालयमा नगरप्रमुख उपेन्द्र यादव र साधुसंत बिच भएको छलफलमा गढीमाई मेलाको प्राङ्गणमा भोजनालयको ब्यवस्थापन गरि साधुसंतद्वारा शुद्ध सकाहारी नि:शुल्क खाना खुवाउने ब्यवस्थापन हुनेछ।मेलामा मंसिर १७ गते देखि ३० गते सम्म खाना खुवाउने ब्यवस्था भईरहेको छ ।मेलाको समयमा अत्याधिक चिसो भएको हुनाले चिसो छल्नको लागि मेला भरी ठाउँ ठाँउमा धुनी लगाउने श्रद्धालुहरुलाई सेवा दिने साधुसंतले नगरप्रमुख उपेन्द्र यादव र पत्रकारहरुको रोहवरमा प्रतिबद्धता गर्नु भएका छन ।
महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र यादवले जिल्ला भरी र विशेष गरेर नगरभरीका साधुसंतलाई नि:शुल्क भोजनालयमा श्रद्धालुहरुलाई खाना खुवाउनमा सहयोग गरिदिनको लागि सादर अनुरोध पनि गर्नु भयो ।माताको पुजा भएकोको हुनाले मेलामा आउने सम्पूर्ण श्रद्धालुहरुलाई सहयोग र साथ दिनको लागि सम्पूर्ण पालिका बासी र जनप्रतिनिधि ज्यूहरुलाई आग्रह गर्नु भयो थियो ।



