बारा- असोज – २१ – बाराको फेटा गाउँपालिकाले करिब पचतह जना भन्दा बढी बाढी पिडितलाई राहत बितरण गरिएको छ।
फेटा गाउँपालिका वडा नं १ तृबेनी र रजपटिया टोलका करिब ७५ घर परिवारमा राहत बितरण गरिएको हो फेटा गाउँकार्यपालिका अध्यक्ष रुस्तम अंसारीले गाउँपालिका कार्यालयमा बाढी पीडितलाई बोलाएर आफ्नो हातबाट राहत बितरण गरिएको छ ।देश भरी लगातार बर्षाको कारण आएको बाढीले करिब ७५ जना घर परिवारलाई खाना समस्या भएको कारणले राहत बितरण गरिएको गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले बताउनु भएको भयो उहाँको भनाई अनुशार गाउँपालिका भित्री रहेका जनतालाई कुनै किसिमको समस्या आउने बितिकै गाउँपालिकाको जनप्रतिनिधिहरुसंग समन्वय गरेर सहयोग गर्दै आएको र जहिले पनि सहयोग गर्ने बताउनु भयो ।
राहत बितरण कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिंह ,वडा अध्यक्ष लगाएत ब्यक्तित्वहरुले पनि आफ्नो हाथ बाटराहत बितरण गरेको थियो ।
कार्यक्रममा पालिकाको क्रमचारी ,स्थानीय र बाढी पिडितहरुको उपस्थित रहेको थियो ।



