बारा – असोज – ९ – विश्व प्रसिद्ध गढीमाई पन्चबर्षिय मेलालाई ब्यवस्थापनको लागि मधेस प्रदेश सरकारले पचास लाख दिने घोषणा गरेका छन ।
महागढिमाई नगरपालिका कार्यालयको भवनमा आयोजना गरिएको सल्लाह सुझाव संकलन बिशेष कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले गढीमाई मेलालाई ब्यवस्थापनको लागि पचास लाख दिने बताउनु भयो थपमा मेलालाई ब्यवस्थापन गर्न ठाउँ ठाउँमा टावर लाइट ,खानेपानी , शौचालय लागएत अन्य ब्यवस्थापन गरिनेछ ।मेलामा दर्शनार्थी र भक्तजनलाई ओहर दोहर गर्न सिमानाकालाई नियम अनुसार सहज बनाउनको लागि केन्द्र सरकारलाई अनुरोध गर्ने बताउनु भयो मेला पछि गढीमाईमा पर्यटन भित्रीयाउने प्रदेश सरकारले एउटा ठोस योजना लिएको छ ।चितवन निकुञ्जमा आउने पर्यटनहरु सोही पैसामा पर्सा निकुञ्ज ,र प्रसिद्ध गढीमाई क्षेत्रलाई पनि भ्रमण गर्न आउने । योजना रहेको सिंहले बताए ।
बाराका अधिकांस पालिकाका अध्यक्ष नगरप्रमुख उपप्रमुखले गढीमाई मेला आउनु भन्दा अगाडि आफ्नो पालिकामा सडकहरुलाई स्तर उन्नति गर्ने र मेलामा आउने दर्शनार्थीको लागि ब्यवस्थापन मिलाउने बताउनु भयो ।
महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले प्रसिद्ध गढीमाई मेलामा दुई करोड भन्दा बढी मेलामा आउने दर्शनार्थीको लागि ब्यवस्थापन भइरहेको बताउनु भएको छ ।
नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ ,संबिधान सभा सदस्य रामाजोध्या यादव , शिवचन्द्र कुशवहा,जितपुर सिमरा उपमहानगरपालिका नगरप्रमुख राजन पौडेल ,निजगढ नगरपालिका नगरप्रमुख ,सुरत पुरी , पचरौता नगरपालिका नगरप्रमुख जलन्धर सिंह ,बारागढी गाउँपालिका अशोक कुमार जयसवाल , फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी , प्रसौनी गाउँपालिका अध्यक्ष बिनोद जयसवाल आदर्शकोतवाल गाउँपालिका अध्यक्ष जवाहरलाल साह , करैयामाई गाउँपालिका अध्यक्ष शम्भु यादव , लगाएको अन्य गाउँपालिका अध्यक्ष नगरपालिका नगरप्रमुख जनप्रतिनिधि ,समाजसेबी , क्रमचारी र विभिन्न मिडियाहरुको उपस्थिति रहेको थियो ।



