समाचार अभियान
बारा,भाद्र – ४- दलित बस्तीको स्तर उन्नतिका लागि बारागढी गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालले दलित परिवारलाई निःशुल्क विधुत मिटर बितरण गरिएको छ।
बारागढी गाउँपालिका वाड नं ५ सिघासनी बैरीया टोलमा बासोबास गरिरहेका करिब २८ घर परिवारलाई बिधुट मिटर बितरण गरिएको छ । सो बिधुत मिटर गरिब बिपन्न , र दलित परिवारमा बितरण गरिएको छ । बिधुत मिटर गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालको हाथबाट बितरण भएको छ ।
दलित बस्तीका परिवारलाई आर्थिक समस्याले अहिलेको युगमा पनि घरमा बिधुत जडान गर्न असमर्थ रहेको हुनाले गाउँपालिकाको आर्थिक सहयोगमा नि:शुल्क बिधुत मिटर बितरण गरिएको बारागढी गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालले जनकारी गराउनु भएको छ ।दलित बस्तीका सदस्यले राती परेको बेला खाना पकाउन बालबालिकाकालाई पठन पाठन गर्न गराउन विभिन्न कार्य गर्न, गर्मीको समयमा सडकको पेटीमा सुत्न बाध्य र दलित बस्ती अध्यारो रहेको समस्या हेरेर दलित बस्तीमा बिधुत मिटर बितरण भएको छ ।बारागढी गाउँपालिका प्रमुख अध्यक्ष अशोक कुमार जयसवाल बताउनु भयो गत महिनामा बारागढी गाउँपालिका वडा नं १ बस्तपुर टोलमा ६५ जना दलित बस्तीमा बिधुत मिटर नि:शुल्क बितरण भएको थियो ।
बिधुत मिटर बितरण कार्यक्रममा बारागढी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देबी राय, प्रमुख प्रशासकीय अधिकृत
सरोज कुमार चौधरी,कार्यपालिका सदस्य,वडा अध्यक्ष ,वडा सदस्य क्रमचारी, समाजसेबी, स्थानीय र सर्बसधारणको रोहवरमा बिधुत मिटर नि: शुल्क बितरण भएको थियो



