बारा- १२ – अञ्जली गुप्ता – घुमौं मधेस बुझौं मधेस नाराका साथ सरोकारवालाहरुसंग अन्तरक्रिया एवम संवाद कार्यक्रमका सम्पन्न भएको छ ।
क्लासिक बैंक्वेट वीरगन्जमा प्रदेश सरकार उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय पर्यटन विकास कार्यालय पर्साको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिती मधेस प्रदेशको मुख्यमन्त्री सतिश कुमार सिंहले घुमौं मधेस बुझौं मधेस भन्दै मधेस प्रदेश पर्यटकीय गन्तव्य बोकेको भाग्यमानी प्रदेश हो । यस प्रदेशमा बाराको बिश्व प्रसिद्ध गढीमाई मन्दिर ,सिमरौनगढको कंकाली माई मन्दिर,जनकपुरको जानकी मन्दिर , सप्तरीको छिन मस्ता मन्दिर र बिरगंजको गहुवामाई मन्दिर , लगाएत अन्य मठ मन्दिर एउटा पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो यस क्षेत्रमा पर्यटन भित्र्याउनको लागि प्रदेश सरकारले कुनै कसर बाकी राख्ने छैन स्थानीय सरकारसंग समन्वय गरेर यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने मुख्यमन्त्री सिंहले कार्यक्रममा बताउनु भयो ।
महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्र यादवले आउन लागेको विश्व प्रसिद्ध गढीमाई पाँच बर्षिय मेलालाई भब्य र सभ्य बनाउनको लागि प्रदेश सरकारको साथ र सहयोगको आवस्यकता रहेको बताउनु भयो ।अहिले मेलाको भब्य तयारीमा महागढीमाई नगरपालिकाले लागि परेको जनकारी गराउनु भयो
प्रदेश सरकार उद्योग वाणिज्य तथा पर्यटन मन्त्री यूराज भट्टराईले कार्यक्रमको अध्यक्षतामा गरिदै मधेस प्रदेशको नयाँ सरकारलाई शभुकामना दिदै पर्यटकीय क्षेत्रमा सरकारले नयाँ दृष्टिकोणबाट बिकास गरेर मधेस प्रदेशमा पर्यटक भित्र्याउने बताउनु भयो पर्यटकीय क्षेत्रबाट प्रदेश सरकार र मधेस प्रदेश जनता आर्थिक दृष्टिकोणले मजबुत र बलियो हुन्छ । नयाँ सरकारले नयाँ किसिमले बिकास गरेर प्रदेशमा पर्यटक भित्र्याउने योजना रहेको छ।
कार्यक्रममा पर्यटन विकास कार्यालय पर्साको क्रमचारी , स्थानीय सरोकार जनप्रतिनिधि ,प्रहरी प्रशासन स्थानीयहरुको उपस्थित रहेको थियो ।
