By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : सरकारले सुर्तीजन्य पदार्थमा कर नबढएको कारणले जनताको स्वास्थमा प्रतेक्ष प्रभाव
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारहेडलाईन

सरकारले सुर्तीजन्य पदार्थमा कर नबढएको कारणले जनताको स्वास्थमा प्रतेक्ष प्रभाव

समाचार अभियान
समाचार अभियान २०८१, ६ जेष्ठ आईतवार २२:४८ पाठक संख्या 188
शेयर
3 मि. पढ्न लाग्ने समय
शेयर

बारा- जेठ – प्रधानमन्त्री पुष्पकमल दाहालले सूर्तिजन्य पदार्थमा लाग्ने करलाई बिक्री मूल्यको ५८ प्रतिशत बढाउन पटक पटक भने पनि अहिले सम्म सुर्तीजन्य पदार्थमा कर बढाउन नसक्दा जसको प्रभाव प्रत्यक्ष रुपमा समाजमा परिरहेको छ ।

सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन–२०६८ अनुसार सार्वजनिक स्थलमा धूमपान तथा सूर्ति सेवन गर्न पाइँदैन । यस्तै १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने, शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालयको कम्तीमा एक सय मिटर भित्र सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्ने गराउन नपाउने कानुनी व्यवस्था छ ।तर यी ब्यवस्थालाई लतियाएर बाराको विभिन्न पालिका अन्तरगत रहेको सरकारी तथा निजी बिधालय बिद्धा आश्रम ,स्वास्थ चौकी ,अस्पताल लगाएत नजिकमा खुल्याम सुर्तीजन्य पदार्थको बिक्रि बितरण भइरहेको छ ।राज्यले सुर्तीजन्य पदार्थमा कम कर लगाएका कारण यस्ता वस्तुहरुको बिक्रि बितरण चौक चौरहा हाट बजारमा र सर्बजनिक ठाउँमा खुल्याम बिक्री बितरण बढनु संगै उपभोग गर्नेको संख्यामा वृद्धि हुँदै आएको छ।पसलहरुले पसलको अगाडि सुर्तीजन्य पदार्थलाई झुण्डयाए र प्रचार प्रशार गरेर बिक्रि बितरण गर्दा आठ बर्ष देखि १८ बर्ष मुनिका बालबालिकाले सुर्तीजन्य पदर्थको लतमा परे पनि यी रवइया देखेर संबंधित निकायहरु मौन बसेका छन

सार्क अन्तरगत रहेका केही देशहरुले आफ्नो देशमा स्वास्थ सुधारका लागि सुर्तीजन्य उत्पादन र बिक्री बितरणमा निषेध गरिएकोछ ।भने केही देशहरुले सुर्तीजन्य पदार्थ उत्पादन र बिक्री बितरणलाई निरुत्साहित गर्न कर वृद्धि गरिएको छ।भुटान सरकारले जनतालाई स्वास्थ रहनको लागि सुर्तीजन्य पदार्थ उत्पादन र बिक्री बितरणमा निषेध गरिएकोछ ।सार्क मुलुक अन्तरगत सुर्तीजन्य पदार्थमा सब भन्दा बढी कर लगाउने श्रीलंकाले सुर्तीजन्य पदार्थको बिक्री मूल्यमा ७७ प्रतिशत कर लगाएको छ । बंगलादेशमा ७३ प्रतिशत र पाकिस्तानमा ६१ प्रतिशत कर लगाइएको छ । त्यस्तै भारतले सरकारले ५८ प्रतिशत लगाएको छ ।तर नेपाल सरकारले करको प्रलोभनमा परेर सुर्तीजन्य पदार्थको बिक्री मूल्यमा ३३ प्रतिशत मात्र कर लाग्ने व्यवस्था छ ।नेपाल सरकारले जनता जीवनसंगै खेलवाड गरिरहेकोछ

स्वास्थ्य अधिकार तथा सूर्ति नियन्त्रण सञ्जाल नेपालका अनुसार नेपालमा जनताले वर्षेनि सूर्ति सेवनमा करिव ४७ अर्ब रुपैयाँ खर्च गरिरहेछ ।र सूर्तिजन्य पदार्थको सेवनबाट विभिन्न रोग लागेर दैनिक ७३ जनाले आफ्नो ज्यान गुमाइ रहेकोछ ।विश्व स्वास्थ्य संघको सूर्तिसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिले वर्षेनि सूर्तिमा कर बढाउँदै लानुपर्ने प्रावधान राखेको छ ।तर नेपाल सरकारले सो प्रवधानलाई अटेरी गरिरहे छ ।

ग्लोबल टोबाको इन्डेक्स २०२१ अनुसार नेपालमा १५ देखि ४९ वर्ष उमेरका धुम्रपान गर्नेको संख्या २९ प्रतिशत छ । १३ देखि १५ वर्षसम्मका किशोरकिशोरीको संख्या ७ प्रतिशत छ । नेपालमा औसत ३३ प्रतिशत जनताले सूर्ति सेवन गर्ने गरेको र ग्रामीण क्षेत्रमा यो दर ३९ प्रतिशत रहेको छ । राष्ट्रिय सञ्जालले गरेको अध्ययन अनुसार करको दर ६५ प्रतिशतले बढ्दा सूर्तिजन्य पदार्थको मूल्य १८ प्रतिशत बढ्ने, खपत १२ प्रतिशतसम्म घट्ने र १७ अर्ब रुपैयाँसम्म थप राजस्व उठ्ने छ ।

समाचार अभियान June 6, 2024 २०८१, ६ जेष्ठ आईतवार २२:४८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?