By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : रेमिटेन्स रकमलाई भ्रष्ट नेताहरुले आफ्नो कालोधन साट्ने अस्त्र बनाए : प्रभु साह
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
लेख / विचारसमाचार

रेमिटेन्स रकमलाई भ्रष्ट नेताहरुले आफ्नो कालोधन साट्ने अस्त्र बनाए : प्रभु साह

समाचार अभियान
समाचार अभियान २०८१, २६ जेष्ठ शनिबार १९:५६ पाठक संख्या 198
शेयर
4 मि. पढ्न लाग्ने समय
शेयर

काठमाडौं – आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बैदेशिक रोजगारीमा गएका युवाहरुको हत्याको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् । रोजगारीका लागि नेपालबाट युवाहरु बिभिन्न देशमा पुगिरहेको र कतिपयको त्यहाँ हत्या हुने गरेको बताउँदै उनले त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

आजपा निकटको आईटी आर्मीको आज काठमाडौंमा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले नेपालमा युवाहरु स्वास्थ्य परिक्षण गरी रोजगारका लागि विदेश गईरहेको तर कतिपयको हत्या हुने गरेको बताए ।

‘हामी देखिरहेका छौं, दिनहँु विदेशबाट युवाहरुको लाश बाकसमा आईरहेको छ । नेपालबाट जानु अघि ति युवाहरुले स्वास्थ्य परिक्षण गरी कुनै रोग नलागेको प्रमाणित भएपछि मात्रै विदेश जान्छ । निरोगिताको प्रमाणित भएपछि विदेश पुगेका युवाहरुको लाश किन आईरहेको छ त्यसको जवाफ यो सरकारले दिनुपर्छ । त्यसको जिम्मेवारी यो सरकारले लिनुपर्छ’ साहले भने, ‘एउटा निरोगी युवाको विदेशमा मृत्यु किन भयो ? त्यसको मृत्यु होईन हत्या भएको हो ।’

योग्यता, क्षमता अनुसारको रोजागर र पारिश्रमिक सरकारले उपलब्ध गराउन नसक्दा बाध्य भएर युवाहरु रोजगारको खोजी गर्दै खाडीमुलुक पुगिरहेको साहले बताए । तर यहाँका केही चोर नेताहरुका कारण वैदेशिक रोजगारीमै ठगी भईरहेको छ । नेताहरुकै संलग्नतामा वैदेशिक रोजगारीमा ठगी धन्दा चलिरहेको बताउँदै उनले त्यसको पर्दाफास आईटी आर्मीले गर्नुपर्ने दिर्नेशन दिए ।

‘वैदेशिक रोजगारीको ठगी धन्दामा केही चोर नेताहरुको संलग्नता छ । देश र जनताका लागि राजनीतिक गरिरहेको नाटक गरिरहेका र राज्यसत्ताको दुरुपयोग गर्दै ति चोर नेताहरु मोटाउने र सोझासाझा, निमुखा, गरिब मजदुर र युवाहरु मर्ने दिनको अन्त्य हुनुपर्छ । आईटी आर्मीले त्यस्ता चोर, फटाहा, राज्यसत्ताको दुरुपयोग गर्नेलाई जहाँको त्यही जनकारवाही गर्नुपर्छ’ अध्यक्ष साहले भने ।

नेपालमा भ्रष्टाचार, अनियमितता र लुटेर राखिएको कालोधनलाई रेमिटेन्ससंग साटेर विदेश लाने काम भईरहेको बताउँदै उनले यसबाट राज्यलाई अर्बौ रकमको नोक्सानी भईरहेको छ । तर पनि सरकार यस्तो कालोधनलाई रेमिटेन्ससंग साटेर विदेश पठाउने हुन्डीकारोवारीलाई कारवाही गर्न सकिरहेको छैन् । हुन्डीकारोबारबाट नेपालमा रहेको कालोधनलाई रेमिटेन्ससंग साटेर विदेश गईरहेको आजपा अध्यक्ष साहले बताएका छन् ।

‘नेपालमा भ्रष्टाचार गरी, अनियमितता गरेर, लुटेर राखिएको कालोधन रेमिटेन्ससंग साटेर विदेश गईरहेको छ । हुन्डीकारोवारी मार्फत यस्तो काम भईरहेको सूचना सरकारमा बसेकाहरुसंग पनि छ । तर ति हुन्डी कारोबारीलाई किन कारवाही हुन सक्दैन्, म सरकारसंग सोध्न चाहन्छु’ आजपा अध्यक्ष साहले भने, ‘रेमिटेन्स रकमलाई भ्रष्ट नेताहरुले आफ्नो कालोधन साट्ने अस्त्र बनाएका छन् । त्यही भएर यहाँ हुन्डीकारोबार फटाएको छ, भ्रष्टहरु मोटाउदै छन् । त्यस्ता देशद्रोहीलाई अब आईटी आर्मीले ठाउँका ठाउँ जनकारवाही गर्नतर्फ लाग्नुपर्छ ।’

आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको अध्यक्षतामा बसेको बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं संविधान सभा सदस्य तिलक थापामगर, उपाध्यक्ष ज्ञानेन्द्र तामाङ लगायतको सहभागिता रहेको आईटी आर्मीकी उपाध्यक्ष सुमन यादवले जनाएकी छन् ।

आईटी आर्मीले बिभिन्न माग गर्दै आउँदो २ असारदेखी काठमाडौं स्थित वैदेशिक रोजगार विभाग घेराउ तथा धर्ना दिदैछ । त्यसैको तयारी स्वरुपमा आईटी आर्मीको बैठक काठमाडौंमा बोलाइएको हो ।

आईटी आर्मीले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाई गर्नुपर्ने, बेरोजगार युवाहरुलाई स्वदेश ÷ नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग गरेको छ ।

‘हामीले हाम्रो मागको बारेमा सरकारलाई ध्यानाकर्षण गराईसकेका छौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागको बारेमा ध्यानाकर्षणपत्र बझुाइसकेका छौं तर बिडम्बना यस्तो विषम समस्याको ठोस एवं दीर्घकालिक समाधान गर्नुकोसट्टा सरकार कानमा तेल हालेर कुम्भकर्ण निन्द्रामा सुतिरहेकाले हामी बाध्यभएर आन्दोलनमा उत्रिनु परेको छ’ आईटी आर्मीकी उपाध्यक्ष सुमन यादवले भनिन् ।

समाचार अभियान June 8, 2024 २०८१, २६ जेष्ठ शनिबार १९:५६
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी1
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?