By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : राजनीतिक हस्तक्षेपले ढलेको थियो जनकपुर चुरोट कारखाना,
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

राजनीतिक हस्तक्षेपले ढलेको थियो जनकपुर चुरोट कारखाना,

समाचार अभियान
समाचार अभियान २०८३, ४ बैशाख शुक्रबार ०७:३५ पाठक संख्या 97
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम —बैशाख ४ ।रानी कुमारी नेपालकै एक समयको सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान मानिएको जनकपुर चुरोट कारखाना अहिले सुनसान र जीर्ण अवस्थामा पुगेको छ। दैनिक अर्बौँ संख्यामा चुरोट उत्पादन गर्ने यो उद्योग अहिले केवल कङ्कालजस्तै संरचनामा सीमित बनेको छ।

२०२० को दशकतिर तत्कालीन प्रधानमन्त्री बिपी कोइराला र मन्त्री राम नारायण मिश्र को परिकल्पनाबाट सुरु गरिएको यो उद्योग सोभियत संघ (रुस) को सहयोगमा स्थापना गरिएको थियो। सन् १९६५ मा तत्कालीन राजा महेन्द्र शाहले उद्घाटन गरेपछि जनकपुरको आर्थिक र सामाजिक जीवनमा ठूलो परिवर्तन आएको थियो।

जनकपुर चोरोट कारखानाले दैनिक २ देखि ३ अर्बसम्म चुरोट उत्पादन गर्थ्यो। ‘देउराली’, ‘याक’ र ‘गैँडा’ जस्ता लोकप्रिय ब्रान्डहरू देशभरिका ७५ वटै जिल्लामा वितरण हुन्थे। देशभर १०५ वटा शाखा कार्यालय सञ्चालनमा थिए भने करिब २९०० कर्मचारी कार्यरत थिए। उद्योगले विद्यालय, अस्पताल, विद्युत् सेवा तथा खेलकुद क्लब सहयो गरेर स्थानीय विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको थियो।तर २०४६ सालपछि राजनीतिक परिवर्तनसँगै उद्योगभित्र हस्तक्षेप बढ्न थाल्यो। कर्मचारीदेखि व्यवस्थापन तहसम्म राजनीतिक प्रभाव हावी हुँदा अनुशासन खस्कियो। चुरोटबाट विभिन्न रोग निम्त्याउछ । भन्दै चौतर्फी बिरोध पछि उत्पादन क्रमशः घट्दै गयो र अन्ततः २०६८ सालतिर उत्पादन पूर्ण रूपमा बन्द भएको स्थानीयहरुले बताउनु भएको छ । बाईट – १ स्थानीय

पछि सन् २०१३ अर्थात बिक्रम सम्बद २०७० मा पूर्ण रुपमा जनकपुर चुरोट कारखाना औपचारिक रूपमा बन्द गरियो। यससँगै ७५८ स्थायी तथा झण्डै २०० दैनिक ज्यालादारी कर्मचारी बेरोजगार बने। हाल कारखानाका केही भवनहरू मधेस प्रदेश सरकारले प्रयोग गरिरहेका छन् भने पुराना मेसिन र संरचनाहरू जीर्ण अवस्थामा अलपत्र परेका छन्। सब भन्दा ठूलो समस्याम बेरोजगारी भएको बताउनु भएको छ ।पूर्व कर्मचारीहरूका अनुसार समयमै उचित व्यवस्थापन र आधुनिकीकरण गरिएको भए उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सकिने सकिन्थ्यो थियो।

तर दीर्घकालीन दृष्टिकोणको अभाव र कमजोर व्यवस्थापनका कारण यस्तो अवस्था आएको उनीहरूको भनाइ छ।जनकपुर चुरोट कारखानाको पतनले नेपालका अन्य पुराना उद्योगहरूको भविष्यप्रति समेत प्रश्न उठाएको छ। ऐतिहासिक उद्योगहरूलाई सरकारले पुनर्जीवन गर्न सक्छ कि सक्दैन हेर्न बाकी छ ।,यो समाचारको सामग्री रानी गुप्ताले कलेक्स गरिएको छ भने रिपोर्ट श्रीकान्त गुप्ता तयार पारिएको छ ।

समाचार अभियान April 17, 2026 २०८३, ४ बैशाख शुक्रबार ०७:३५
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?