By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : १४ वर्षअघि अपहरण, अहिले हत्या : रुबी साह हत्या प्रकरणमा पुरानै अभियुक्त लक्ष्मण पासवान पुनः पक्राउ
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अपराधसमाचारसमाजहेडलाईन

१४ वर्षअघि अपहरण, अहिले हत्या : रुबी साह हत्या प्रकरणमा पुरानै अभियुक्त लक्ष्मण पासवान पुनः पक्राउ

समाचार अभियान
समाचार अभियान २०८२, ११ भाद्र बुधबार १९:१८ पाठक संख्या 329
शेयर
3 मि. पढ्न लाग्ने समय
शेयर

एसपी सिंह
रौतहट —भादौ – ११ –  रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरकी ३० वर्षीया रुबी साहको हत्या अभियोगमा प्रहरीले लक्ष्मण पासवानलाई बुधबार पक्राउ गरेको छ। यो घटनाको थप चौंकाउने पक्ष के छ भने, यही लक्ष्मणले १४ वर्षअघि किशोरी अवस्थामा रहेकी रुबीलाई अपहरण गरेको आरोपमा पनि गिरफ्तारी झेलेका थिए।

प्रहरीका अनुसार, १४ वर्षअघि २०६८ साल पुस २४ गते साँझ रुबी एकाएक हराएपछि परिवारले छिमेकी लक्ष्मणलाई शंका गरेका थिए। रुबीलाई भगाई भारतको चण्डीगढसम्म लगिएको र केही समयपछि सर्लाही जिल्ला अदालतमा नक्कली कागजातका भरमा विवाह दर्ता गरिएको प्रमाणित भएको थियो। त्यतिबेला रुबीको उमेर जम्मा १४ वर्ष थियो। अपहरण, शरीर बन्धक र मानव बेचबिखनको अभियोगमा लक्ष्मण १७ दिन हिरासतमा बसेर १५ हजार धरौटीमा छुटेका थिए।

रुबी पछि भारतको मुजफ्फरपुर निवासी शिवसागर साहसँग विवाह गरी सामान्य जीवन बिताइरहेकी थिइन्। उनका एक ४ वर्षीय छोरा छन्। तर, लक्ष्मणको छायाँ फेरि उनको जीवनमा फर्किएको पाइन्छ।

फेरि देखा परे लक्ष्मण, फेरि अपराध

लामो समय वैदेशिक रोजगारीका लागि मलेसियामा बसेका लक्ष्मण दुई वर्षअघि नेपाल फर्किए। रुबीको हत्या हुनुभन्दा करीब डेढ हप्ता अघिमात्र उनी गौरमा डेरा लिएर बसेका थिए। प्रहरीको आशंका अनुसार, उनले यहीबीचमा हत्या योजना बनाएका थिए।

गत शनिबार राति रुबीको हत्या गरी शव सुटकेसमा राखेर गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडबलवा गेटनजिक फ्यालिएको थियो। हत्या पश्चात फरार रहेका लक्ष्मण बुधबार बिहान आफ्नै गाउँ माधोपुरमा गम्भीर जलिएको अवस्थामा फेला परे। उनले आत्मदाहको प्रयास गरेका थिए।

हत्या स्विकारेको ९ मिनेट लामो भिडियो

आफ्नै शरीरमा आगो लगाउनु अघि लक्ष्मणले एक ९ मिनेट लामो भिडियो बनाए। भिडियोमा उनले रुबीको हत्या स्विकारेका छन्। “मैले उसलाई मारेँ,” भनी उनले भनेका छन्, “अब म बाँचेर के गर्नु? जेल जानु पर्नेछ, सजाय भोग्नुपर्छ।”

स्कुले जीवनदेखि रुबीसँग प्रेम रहेको र सम्बन्धमा विछोड नझेलेको कुरा पनि उनले भिडियोमा उल्लेख गरेका छन्। उनले भनेका छन्, “मेरो जिन्दगी सकिएको छ। मेरो आत्मा पनि काँपिरहेको छ।”

अहिलेको अवस्था

प्रहरीका अनुसार लक्ष्मण बोल्न सक्ने अवस्थामा छन्। उनको अनुहारसहित शरीरको केही भाग गम्भीर रुपमा जलेको छ। हाल काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचार भइरहेको छ।

प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार, पुरानै प्रतिशोध, असफल सम्बन्ध र मानसिक तनावका कारण लक्ष्मणले यस्तो चरम कदम चालेको देखिएको छ  ।

समाचार अभियान August 27, 2025 २०८२, ११ भाद्र बुधबार १९:१८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?