By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : ओली–देउवा नजिकिएपछि विपक्षीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहितको नयाँ समीकरणले राजनीतिक बजार : तात्यो
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

ओली–देउवा नजिकिएपछि विपक्षीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहितको नयाँ समीकरणले राजनीतिक बजार : तात्यो

समाचार अभियान
समाचार अभियान २०८२, ३ श्रावण शुक्रबार १९:०१ पाठक संख्या 1k
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा साउन ३ –श्रीकान्त गुप्ता – पूर्ब राष्ट्रपति बिधा देबी भन्डारीले राजनीतिमा आएपछि सरकारलाई धक्का दिनेगरी नयाँ समीकरणको पुनसंयोजन भएको छ ।सत्ता समीकरणमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको सहकार्य रहेको समूहको विपक्षमा अब पूर्ब राष्ट्रपति बिधा देबी भन्डारी, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, र शेखर कोइराला नेतृत्वमा अर्को राजनीति नयाँ समीकरण निर्माण भएको छ । जसबाट प्रधानमन्त्री केपी ओलीलाई टाउको दुखाई बनेको छ ।

सरकारमा रहेका यी दुई शीर्ष नेताबीचको सहकार्यलाई कतिले ‘रणनीतिक मेल’ भनेका छन् भने कतिले ‘सत्ताका लागि सिद्धान्तको बलिदान’ भन्दै आलोचना गरेका छन् । तर, यसले हालैको राजनीतिक उतारचढावलाई नयाँ मोड दिएको छ ।

ओली–देउवा समीकरण बलियो बन्दै गइरहँदा अर्कोतर्फ प्रतिपक्षको स्वर उचालिएको छ । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले  गठबन्धनको आलोचना गर्दै देशमा ‘लोकतान्त्रिक मूल्य–मान्यता कमजोर बनाउने प्रयास भइरहेको’ बताएका छन् ।

विश्लेषकहरूका अनुसार, ओली र देउवाबीचको सहकार्य खासगरी संविधान संशोधन, संघीयता कार्यान्वयनको पुनमुल्यांकन, र आगामी निर्वाचनको सिट बाँडफाँटका विषयमा केन्द्रित हुनसक्छ । सत्तारूढ गठबन्धनको यो आकस्मिक सुदृढीकरणले नेकपा माओवादी केन्द्रलाई गम्भीर राजनीतिक संकटमा पुर्‍याएको देखिन्छ ।

एकीकृत समाजवादी अध्यक्ष नेपालले विपक्षी गठबन्धनलाई चनाखो र क्रियाशील बनाउने रणनीति अगाडि सारेका छन् । उनी निकट स्रोतका अनुसार भोलिका दिनमा संसदमा सरकारविरुद्ध नीतिगत आक्रोश बढाउँदै लैजाने तयारी भइरहेको छ ।

यसैबीच, राजनीतिक हलचलकाबीच जनता भने महँगी, बेरोजगारी र सेवा प्रवाहको कमजोरीबाट आजित बनेका छन् । नेताहरूको समीकरण फेरबदल र गुटगत स्वार्थले जनताको जीवनमा कति प्रभाव पार्नेछ भन्ने प्रश्न पेचिलो बन्दै गएको छ ।

राजनीतिक बजारमा व्यापक चर्चा चलिरहेकै बेला संसदभित्र र बाहिर दुवै स्थानमा दलहरूको रणनीति फेरिने जस्तै देखिएको छ । सत्ता समीकरणको यो पुनःसंरचनाले भविष्यमा देशको नीति, निर्णय र शक्ति सन्तुलनमा गहिरो प्रभाव पार्ने प्रक्षेपण गरिएको छ ।

 

समाचार अभियान July 18, 2025 २०८२, ३ श्रावण शुक्रबार १९:०१
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?