बारा —असार ७ ।श्रीकान्त गुप्ता – मधेसमा रौतहट जिल्लाको मौलापुर नगरबासीहरुबाट सिक्नु पर्छ ।आफ्नो नगरमा कस्तो किसिमको जनप्रतिनिधिहरुलाई निर्वाचित गर्नु पर्छ ।
रौतहटको मौलापुर नगरपालिकामा नगरबासीहरुले आफ्नो नगरमा जनमुखी तथा राहतमुखी नीति बोकेका जनप्रतिनिधिहरुको निर्वाचित गर्नु पर्छ । शून्य कर नीति’— जनताबाट नलिने, जनतालाई दिने — एक क्रान्तिकारी सोचका नगरप्रमुखलाई निर्वाचित गर्नु पर्छ । भने बताएका छन ।
मौलापुर नगरपालिकामा जनमुखी तथा राहतमुखी नीति बोकेका र शून्य कर नीति’— जनताबाट कर नलिने, जनतालाई दिने — क्रान्तिकारी सोच बोकेका नगरप्रमुखमा नगरबासीले रिना देबी साहलाई निर्वाचित गरेर नगरबासीहरुले सरकारबाट सेवा लिरहेका छन । नगरबासीहरुले रिना देबी साहलाई नगरप्रमुखमा निर्वाचित गरेपछि जनमुखी तथा राहतमुखी नीति बोकेका रिना देबी साहले आफ्नो स्वार्थ त्याग गरि आफ्नो नेतृत्वमा नगरपालिका भरी फ्री बिजुली, घर घरमा धारा जडान गरि फ्री खानेपानी पानी”लागु गरेकीछिन यति मात्र होई नगरबासीलाई लाग्ने सम्पत्ति कर र बिधुत मिटरमा लाग्ने शुल्क समेत फ्री गरेकीछिन जसबाट नगरबासीलाई सामुहिक रुपमा फाइदा र जीवन यापन गर्न राहत भएका छन ।
यता मधेस प्रदेशका अन्य पालिकामा भने जनप्रतिनिधिहरूको बेवास्ता र जनसेवा प्रतिको उदासिनताका कारण सर्वसाधारण नागरिक पीडित भइरहेका छन्। धेरै पालिकामा न त खानेपानी निःशुल्क छ, न बिजुली, न त सम्पत्ति करमै छुट दिइएको छ। संघीय सरकार र प्रदेश सरकारले हरेक वर्ष पालिकालाई करोडौं रुपैयाँको बजेट पठाउने भए तापनि त्यो रकम जनतामै खर्च भएको देखिँदैन। ब्यक्तिगत स्वार्थको लागि सडक बाटो ढलान नाला निर्माणमा मात्र खर्च भएको देखिन्छ ।जनप्रतिनिधिहरूको कार्यशैलीमा ठूलो प्रश्न खडा गरिरहेको छ।जनतालाई झुक्याएर बिकासको नाममा लुटने काम मात्र भइरहेको स्थानीयले बताएका छन ।
रिना देबी साहले आफ्नो व्यक्तिगत स्वार्थ त्याग गर्दै जनताको सेवा र अधिकारलाई प्राथमिकतामा राखेर चलाएको नगर नेतृत्वको शैली देशका अन्य पालिकाका लागि प्रेरणाको स्रोत बनेको छ ।
यसबीच, मौलापुरबासीहरूले जनप्रतिनिधि कस्तो हुनुपर्छ भन्ने वास्तविक अनुभूति गरेका छन्। रिना देबी साहको नेतृत्वमा यहाँ विकासको गति पनि तीव्र छ, प्रशासन जनउत्तरदायी छ र पारदर्शिता कायम गरिएको छ। यो उदाहरणले हामी सबैलाई सम्झाएको छ — “तपाईंले आफ्नो पालिकामा कस्तो जनप्रतिनिधि छान्नु भयो, तपाईंको भोलि त्यसैमा निर्भर गर्दछ।”
मधेसका अन्य पालिकाहरूमा भ्रष्टाचार, अलमल र जनविरोधी निर्णयहरूले स्थानीयहरू पीडित भइरहँदा मौलापुरले देखाएको विकास, पारदर्शिता र समर्पणको बाटो आजको दिनमा अनुकरणीय बन्दै गएको छ।
अब समय आएको छ — मधेसका पालिकाले मौलापुरबाट सिक्नुपर्छ। जनताको सेवामा समर्पित जनप्रतिनिधि नै समृद्धिको आधार हो भन्ने सत्य रिना देबी साहले प्रमाणित गरिदिएकी छन्।



