By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : पचरौता नगरपालिकाको १४औं नगरसभा सम्पन्नमा ६५ करोड भन्दा बढी बजेट प्रस्तुत
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

पचरौता नगरपालिकाको १४औं नगरसभा सम्पन्नमा ६५ करोड भन्दा बढी बजेट प्रस्तुत

समाचार अभियान
समाचार अभियान २०८२, ३ असार मंगलवार ०७:३३ पाठक संख्या 233
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

छोटी भन्सार सञ्चालन र स्वास्थ्य बीमामा राहत योजना सार्वजनिक

पचरौता (बारा), असार ३- श्रीकान्त गुप्ता – बाराको पचरौता नगरपालिकाको १४औं नगरसभा सोमबार  बेनौलीस्थित नगरसभाहलमा सम्पन्न भएको छ। नगरप्रमुख जलन्धर सिंहको अध्यक्षतामा सम्पन्न नगरसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा ६५ करोड ३१ लाख ६६ हजार ९५२ रुपैयाँको बजेट प्रस्तुत गरिएको हो।

सभामा वडा नम्बर ५ का अध्यक्ष तथा नगरपालिका प्रवक्ता लक्ष्मी यादवले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका थिए। प्रस्तुत बजेटले स्थानीय पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषिमा आत्मनिर्भरता, महिला सशक्तीकरण र समावेशी विकासलाई प्राथमिकता दिएको छ।

नगरसभामा सबै वडा अध्यक्ष, नगर कार्यपालिका सदस्यहरू तथा नगरसभा सदस्यहरूको सहभागिता रहेको थियो। प्रमुख प्रशासकीय अधिकृत प्रशान्त जोशिले सम्पूर्ण कार्यक्रमको सञ्चालन गरेका थिए भने वडा नम्बर ६ का अध्यक्ष मकबुल अन्सारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

नगरप्रमुख सिंहले सबै नगरवासीका लागि राहत हुनेगरी स्वास्थ्य बीमामा विशेष योजना सार्वजनिक गरे। उनका अनुसार अब नगरपालिकाले नागरिकको स्वास्थ्य बीमामा लाग्ने खर्चको ५० प्रतिशत हिस्सा व्यहोर्नेछ। “नागरिकको स्वास्थ्यमा हामीले प्रत्यक्ष राहत दिने उद्देश्यले यो निर्णय लिएका छौं,” उनले भने।

त्यसैगरी नगरप्रमुख सिंहले वडा नम्बर १ मा रहेको छोटी भन्सारलाई पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउँदै त्यसका लागि आवश्यक सडक विस्तार कार्य तत्काल अघि बढाइने जानकारी दिए। “छोटी भन्सार सञ्चालनले व्यापार विस्तार र राजस्व वृद्धिमा टेवा पुग्नेछ,” सिंहले उल्लेख गरे।

सभामा सहभागी जनप्रतिनिधिहरूले प्रस्तुत बजेट र कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए। उनीहरूले नगरवासीको आवश्यकतालाई सम्बोधन गर्दै बजेट योजनाबद्ध रूपमा कार्यान्वयन गर्न आग्रह गरेका थिए।

स्थानीय सरकारको योजनाबद्ध प्रस्तुति र दीर्घकालीन दृष्टिकोणले पचरौता नगरको समग्र विकासमा आशावादी वातावरण सिर्जना गरेको देखिन्छ।

समाचार अभियान June 17, 2025 २०८२, ३ असार मंगलवार ०७:३३
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?