By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : रुपेश स्वर्णकारको स्मृतिमा छात्रवृत्ति स्थापना, १० विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

रुपेश स्वर्णकारको स्मृतिमा छात्रवृत्ति स्थापना, १० विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने

समाचार अभियान
समाचार अभियान २०८२, ९ जेष्ठ बिहीबार ११:०९ पाठक संख्या 85
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

कलैया, ०८ जेठ — बाल एकता सेकेन्डरी ईङ्ग्लिस बोर्डिङ स्कुल +२ विज्ञान तथा म्यानेजमेन्ट कलेजले पूर्वप्रधानाध्यापक स्व. रुपेश स्वर्णकारको स्मृतिमा “रुपेश स्वर्णकार छात्रवृत्ति” स्थापना गर्ने भएको छ। विद्यालयले स्वर्णकारको दोस्रो पुण्यतिथिको अवसरमा यो छात्रवृत्तिको घोषणा गरेको हो।

विद्यालयका प्रबन्ध निर्देशक सुमोध कुमार सर्राफका अनुसार छात्रवृत्तिअन्तर्गत कक्षा ११ मा अध्ययन गर्न चाहने १० जना योग्य विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने छ। “शिक्षा क्षेत्रमा समर्पित, प्रेरणादायी र सबैका प्रिय शिक्षक स्वर्णकारको योगदानको कदर स्वरूप यो योजना अघि सारिएको हो,” सर्राफले समाचार अभियानसंग बताए।

स्वर्णकारको नेतृत्वमा विद्यालयले गुणस्तरीय शिक्षामा उल्लेखनीय प्रगति गरेको थियो। विद्यार्थी, अभिभावक तथा सहकर्मी माझ सम्मानित व्यक्तित्वको रुपमा चिनिएका स्वर्णकारको स्मृतिमा स्थापना गरिएको छात्रवृत्तिले मेधावी तथा आर्थिक रूपमा पछाडि परेका विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने विश्वास विद्यालयले लिएको छ।

छात्रवृत्तिका लागि विद्यार्थीहरूको छनोट प्रतियोगितात्मक प्रवेश परीक्षामार्फत गरिनेछ। परीक्षा मिति चाँडै सार्वजनिक गरिने विद्यालयले जनाएको छ। यस छात्रवृत्तिबाट स्थानीय समुदायमा शैक्षिक अवसरको पहुँच बढ्ने र स्वर्णकारको योगदानलाई दीर्घकालसम्म सम्झना गरिने विश्वास लिइएको छ।

विद्यालय प्रशासनले इच्छुक विद्यार्थीहरूलाई आवेदन दिन आह्वान गर्दै शीघ्र परीक्षा तालिका सार्वजनिक गरिने जानकारी दिएको छ।

 

समाचार अभियान May 22, 2025 २०८२, ९ जेष्ठ बिहीबार ११:०९
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?