जनकपुरधाम- बैशाख २२ – मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयका लोकप्रिय मन्त्री कौशल किशोर यादव हाल जनताबीच अत्यन्त लोकप्रिय नेताको रुपमा उभिन सफल भएका छन्। आफ्नो सहज व्यवहार, कार्यक्षमतामा पारदर्शिता, र जनसमस्याको द्रुत समाधान गर्ने शैलीका कारण मन्त्री यादव मधेश प्रदेशमा आम नागरिकबीच आशाको किरण बनेका छन्।
उनको कार्यकालमा श्रमिकका हकहित सुनिश्चित गर्न विशेष पहल गरिँदै आएको छ। निर्माण क्षेत्र, यातायात सेवा, तथा वैदेशिक रोजगारीमा जाने नागरिकको सुरक्षाका लागि नीति निर्माणदेखि कार्यान्वयनसम्म उनले विशेष ध्यान दिएका छन्। मधेस प्रदेश जिल्लाका श्रमिकहरुले बिदेशबाट फर्केर घरमा बसेका श्रमिकहरुका लागि विभिन्न किसिमका तालीमको ब्यवस्था गरेका छन ।हालै मन्त्री यादवले श्रमिक दर्ता अनिवार्य गर्दै बीमा प्रणाली लागू गर्ने ऐतिहासिक निर्णय गर्ने उदेश्य लिएका छन्, जसले हजारौं श्रमिकको जीवनमा सुरक्षा प्रदान गर्नेछ।
यातायात क्षेत्रमा पनि उल्लेखनीय सुधार देखिएको छ।
मन्त्री यादवको नेतृत्वमा सार्वजनिक सवारी साधनमा अनुशासन कायम गर्न ट्राफिक व्यवस्थापनमा कडाइ गरिएको छ।यातायात क्षेत्रबाट सरकारको राजस्वमा वृद्धि गर्ने लक्ष्य राखेका हुन ।उनले हालै नै जनकपुरदेखि वीरगञ्जसम्मको यातायात सुगम बनाउने योजना जसले व्यापार तथा आवागमनमा उल्लेखनीय वृद्धि ल्याउनेछ।
मन्त्री यादवको विशेषता भनेको ‘कागजमा मात्र हैन, मैदानमै जनताबीच काम गर्ने’ हो। उनी नियमित रूपमा गाउँगाउँमा पुगेर नागरिकको गुनासो सुनिरहेका छन्। श्रमिक, व्यवसायी, सवारी चालकदेखि सर्वसाधारणसम्मको सम्मान अर्जन गर्न सफल भएका यादव जनताको सेवामा कटिबद्ध छन्।
राजनीतिक दृष्टिले समेत मन्त्री यादव मधेशको सशक्त नेतृत्वकर्ताको रुपमा स्थापित हुँदै छन्। मधेशको आर्थिक समृद्धि, श्रमिकको हक, र यातायात पूर्वाधार सुधारमा उनले देखाएको प्रतिबद्धताले मधेस प्रदेशमा समावेशी विकासको नयाँ अध्याय सुरु भएको छ।
जनतामाझ ‘काम गर्ने मन्त्री’ को छवि बनाएका कौशल किशोर यादवको कार्यशैलीले प्रदेश सरकारप्रति जनविश्वास बढेको देखिन्छ। उनले देखाएको जवाफदेहिता र सरल पहुँचले लोकतान्त्रिक शासनको आदर्श स्थापित गरिरहेको छ।



