बारा- बैशाख २२ ।जनता समाजवादी पार्टी (जसपा) नेपाल बाराको नयाँ जिल्ला अध्यक्षमा रमेश यादव निर्वाचित भएका छन्। पचरौता नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेका यादवले आफ्ना निकटतम प्रतिद्वन्द्वी धर्मबिर प्रसाद यादवलाई ९९ मतको अन्तरले पराजित गर्दै अध्यक्ष पदमा विजयी भएका हुन्।
शनिबार सम्पन्न भएको जिल्ला अधिवेशनमा जम्मा ४७२ मत खसेका थिए। जसमा रमेश यादवले २६९ मत प्राप्त गरे भने धर्मबिर प्रसाद यादवले १७५ मतमा सीमित भए।
जिल्ला कार्यसमितिको अन्य पदमा पनि नयाँ नेतृत्व चयन भएको छ। उपाध्यक्षमा शिवेन्द्र प्रसाद सिंह र पुनम कुशवाहा विजयी भएका छन्। त्यस्तै, सचिवमा शम्भु कुमार गुप्ता, सह-सचिवमा सिकन्द्र दास र नन्दन गुप्ता तथा कोषाध्यक्षमा बिरेन्द्र प्रसाद यादव निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत शंकर प्रसाद साहले जानकारी दिए।
उनका अनुसार कार्यसमितिका सदस्य पदका लागि मतगणना जारी छ।जसपाको जिल्ला अधिवेशनले पार्टीलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ।



