By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मधेशमा पर्यटन बोर्ड गठनको तयारी, मन्त्री मियाँले मागे साझा प्रयास
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

मधेशमा पर्यटन बोर्ड गठनको तयारी, मन्त्री मियाँले मागे साझा प्रयास

समाचार अभियान
समाचार अभियान २०८२, १९ बैशाख शुक्रबार १९:५६ पाठक संख्या 88
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

सप्तरी — बैशाख १९ ।मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँले मधेशको पर्यटन विकासका लागि सबै तह र पक्षको साझा प्रयास आवश्यक रहेको बताएका छन्।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको संयुक्त आयोजनामा बिहीबार सप्तरीको राजविराजमा आयोजित अन्तरक्रिया, अवलोकन तथा प्रचारप्रसार कार्यक्रममा बोल्दै मन्त्री मियाँले मधेशमा अब छिट्टै ‘मधेश प्रदेश पर्यटन बोर्ड’ गठन गरिने जानकारी दिए।

उनका अनुसार बोर्डमार्फत निजी क्षेत्र, स्थानीय तह र प्रदेश सरकारबीच सहकार्य गरी पर्यटन प्रवर्द्धन गरिनेछ। मन्त्री मियाँले पर्यटन ऐन कार्यान्वयनको चरणमा पुगेको र आवश्यक नियमावली अन्तिम तयारीमा रहेको उल्लेख गर्दै, “पर्यटन ऐन बनिसकेको छ, नियमावली तयार भइसकेको छ, अब छिट्टै बोर्ड गठन हुँदैछ,” भने।

कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला समन्वय समिति प्रमुख शिवनारायण साह, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, पूर्व सिंचाई मन्त्री उमेश कुमार यादव र राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरीलगायत वक्ताहरूले मधेशका ऐतिहासिक र धार्मिक स्थलहरूको संरक्षण र प्रचारमा स्थानीय, प्रदेश तथा संघ सरकारबीच समन्वय जरुरी रहेको धारणा राखे।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमले अब पर्यटन विकासलाई नीतिगत र व्यावसायिक रूपबाट अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।

मधेशको सांस्कृतिक, ऐतिहासिक र धार्मिक विविधता भरिपूर्ण स्थलहरूलाई व्यवस्थित गर्दै पर्यटन विकास गर्न सके यस प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने सहभागीहरूको निष्कर्ष थियो।

यसरी आयोजित कार्यक्रमले मधेशमा संस्थागत रूपमा पर्यटन पूर्वाधार र नीतिगत आधार तयार गर्दै अगाडि बढ्ने संकेत दिएको छ।

समाचार अभियान May 2, 2025 २०८२, १९ बैशाख शुक्रबार १९:५६
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?