By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : पकाहाँमैनपुरमा मन्त्री जैसवालद्वारा १५२ मिटर ढलान सडकको उद्घाटन, स्थानीयमा उत्साह
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

पकाहाँमैनपुरमा मन्त्री जैसवालद्वारा १५२ मिटर ढलान सडकको उद्घाटन, स्थानीयमा उत्साह

समाचार अभियान
समाचार अभियान २०८२, १९ बैशाख शुक्रबार १५:४० पाठक संख्या 202
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुर वैशाख १९ – मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जैसवालले पर्सा जिल्लाको पकाहाँमैनपुर गाउँपालिकामा नव निर्मित १५२ मिटर ढलान सडकको उद्घाटन गरेका छन्। शुक्रबार आयोजित कार्यक्रममा मन्त्री जैसवालले पकाहाँमैनपुर–५ धोरेस्थित सडकको उद्घाटन गर्दै स्थानीय विकास र जनसुविधाका लागि प्रदेश सरकारले प्राथमिकता दिइरहेको बताएका छन्।

सडक उद्घाटनपछि मन्त्री जैसवालले निर्माण सम्पन्न सडकले स्थानीय बासिन्दाको दैनिकीमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे। “यो पक्की सडकले यहाँको जनजीवन सहज बनाउने मात्र होइन, आर्थिक गतिविधिलाई पनि टेवा पुर्‍याउनेछ,” मन्त्री जैसवालले उद्घाटन कार्यक्रममा भने, “हामी राजनीतिलाई जनताको हक अधिकार सुनिश्चित गर्ने र त्यसको संरक्षण गर्दै समग्र विकासमा जोड दिने माध्यमको रूपमा लिएका छौं।”

उनले प्रदेश सरकारको लक्ष्य नै समाजको आधारभूत आवश्यकता पुरा गर्दै समृद्ध मधेस निर्माण गर्नु रहेको बताए। “विकास निर्माणको गति बढाएर नागरिकको जीवनस्तर उकास्ने हाम्रो अठोट हो,” मन्त्री जैसवालले स्पष्ट पारे।

कार्यक्रममा पूर्व प्रदेश सभा सदस्य प्रह्लाद गिरी, पकाहाँमैनपुर गाउँपालिकाका पूर्व अध्यक्ष विजय चौरसिया, समाजसेवी प्रदीप जैसवाल, वडा अध्यक्ष विनोद मेहता लगायत स्थानीय नेताहरुको उपस्थिति थियो। उनीहरुले उक्त सडक निर्माणमा स्थानीयको सहभागिता र प्रदेश सरकारको पहलले महत्त्वपूर्ण योगदान दिएको भन्दै धन्यवाद व्यक्त गरे।

पक्की ढलान सडक निर्माणपछि धोरेका बासिन्दालाई विद्यालय, बजार तथा स्वास्थ्य सेवा केन्द्रसम्म पुग्न सहज हुने स्थानीयले बताएका छन्। वर्षायाममा हिलो तथा धुलोले हैरानी बेहोर्दै आएका यहाँका नागरिकले अब सुरक्षित र सहज यातायातको अनुभव गर्ने अपेक्षा गरिएको छ।

उक्त सडक निर्माणले ग्रामीण भेगमा पूर्वाधार विस्तार र समावेशी विकासको दिशामा प्रदेश सरकारको प्रतिबद्धता देखिएको स्थानीयले प्रतिक्रिया दिएका छन्।

 

समाचार अभियान May 2, 2025 २०८२, १९ बैशाख शुक्रबार १५:४०
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?