By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : सुवर्ण गाउँपालिकाको सोलकपुर टोलमा सडक ढलान कार्य सुरु – अध्यक्ष यादवद्वारा उद्घाटन
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

सुवर्ण गाउँपालिकाको सोलकपुर टोलमा सडक ढलान कार्य सुरु – अध्यक्ष यादवद्वारा उद्घाटन

समाचार अभियान
समाचार अभियान २०८२, १९ बैशाख शुक्रबार १४:५५ पाठक संख्या 317
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा -बैशाख – १९ । सुवर्ण गाउँपालिकामा वर्षौँदेखि बाटो र सडक ढलानको अभावमा दैनिक रुपमा सास्ती भोग्दै आएका स्थानीयवासीको बहुप्रतिक्षित समस्या अन्त्यतर्फ उन्मुख भएको छ। सुवर्ण गाउँपालिका वडा नं २ अन्तर्गत सोलकपुर टोलमा शुक्रबार एक कार्यक्रमका बीच सडक ढलान कार्यको औपचारिक सुरुआत गरिएको छ।

उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादव र उपाध्यक्ष श्रीमती पुनम कुमारी यादवको संयुक्त करकमलबाट उद्घाटन गरियो। उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, वडाअध्यक्ष, सामाजिक अगुवा तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले गाउँपालिकाले स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताए। “वर्षौंसम्म उपेक्षित रहँदै आएको यो टोलको सडक अब ढलान गरी स्थायी बनाइनेछ, जसबाट वर्षा याममा हुने हिलो र आवागमनमा हुने असहजताले अन्त्य पाउने अध्यक्ष यादवले भने गाउँको समग्र विकासका लागि महिला, बालबालिका, वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिहरूको पहुँच सहज बनाउने दिशामा स्थानीय सरकारले निरन्तर काम गरिरहेको छ । सडक मात्र विकासको संकेत होइन, यो पहुँच, शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको विषय हो,”

सुवर्ण गाउँपालिकाले यस वर्षको वार्षिक कार्यक्रम अनुसार वडा नं २ सोलकपुर टोलमा सडक ढलानका लागि आवश्यक बजेट विनियोजन गरिसकेको छ। निर्माण कार्य शीघ्र सम्पन्न गर्ने गरी ठेक्काको प्रक्रिया अघि बढाइएको अध्यक्ष यादवले जनाइएको छ ।

सडक ढलान कार्य सम्पन्न भएपछि सोलकपुर टोलका बासिन्दालाई विद्यालय, स्वास्थ्य संस्था तथा बजारसम्म सहज पहुँच हुने स्थानीयको भनाइ छ।

स्थानीय नागरिकहरूले गाउँपालिकाको यस कदमको स्वागत गर्दै समग्र गाउँपालिका भरिका अन्य विकट बस्तीहरूमा पनि यस्ता विकास कार्य विस्तार गर्न माग गरेका छन्।

यस सडक निर्माणसँगै सोलकपुर टोलमा यातायात तथा जनजीवनमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।

 

समाचार अभियान May 2, 2025 २०८२, १९ बैशाख शुक्रबार १४:५५
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?