By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : राजकुमार साहले भोजपुरि कमेडियनमा आफ्नो पहिचान बनाएर रौतहटका समाजसेवा
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

राजकुमार साहले भोजपुरि कमेडियनमा आफ्नो पहिचान बनाएर रौतहटका समाजसेवा

समाचार अभियान
समाचार अभियान २०८१, २० चैत्र बिहीबार २२:३३ पाठक संख्या 200
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

सिकेन्द्र साह
बारा – चैत २१ – रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर १ निवासी राजकुमार साहले सामाजिक सञ्जालमार्फत हास्यव्यंग्य प्रस्तुत गर्दै आम नागरिकलाई सन्देश दिँदै आएका छन्। उनले मधेश प्रदेश लगायत नेपाल र विदेशमा भोजपुरी कमेडियनको रुपमा आफ्नो पहिचान स्थापित गरेका छन्। फिजी, मोरिसस लगायत भोजपुरि समाजमा उनको लोकप्रियता बढ्दै गएको छ।

राजकुमार साहले प्रारम्भिक जीवनमा अध्ययनपछि चार वर्ष रौतहट जिल्लाको ज्योति डिस्टिलरी, आठ वर्ष डुमरिया डिस्टिलरी तथा १० वर्ष सुदूर पश्चिम कैलालीको धनगढीमा निजी कम्पनीमा काम गरेका थिए। झण्डै २२ वर्ष जागिरे जीवन बिताएपछि उनले आफ्नो रुचि अनुरूप समाजलाई हसाउने उद्देश्यले सामाजिक सञ्जालमार्फत भोजपुरी कमेडियनको यात्रा सुरु गरे।

उनले स्टेज कार्यक्रमहरू नेपालका विभिन्न स्थान तथा भारतको मुजफ्फरपुर, सीतामढ़ी जस्ता सहरमा प्रस्तुत गर्दै आएका छन्। साथै, उनले समाजसेवामा समेत योगदान पुर्‍याएका छन्। रौतहटका केही प्रहरी चौकीहरूमा आफ्नो कमाइबाट भौतिक संरचना निर्माण गराउनुका साथै मन्दिर, मस्जिद तथा गरिब, दलित, असहाय व्यक्तिहरूलाई भेटी, कपडा र आर्थिक सहायता प्रदान गरेका छन्।

सिम्रौनगढ संस्कृति तथा कमेडियन कार्यक्रममा वडा अध्यक्ष नन्दकिशोर प्रसादसँग भेट गर्दै उनले सामाजिक सञ्जालको सकारात्मक प्रयोगबारे चर्चा गरेका थिए। उनका अनुसार सामाजिक सञ्जालले सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्न सक्छ, तर उनले आफ्नो माध्यमबाट हजारौंलाई हसाएर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन्। साथै, बम नहर क्षेत्रमा बिजुली बत्ती निर्माणमा समेत उनले योगदान पुर्‍याएका छन्।

राजकुमार साहले करिब ८० लाखभन्दा बढी मानिसलाई हसाउन सफल भएको दाबी गर्दै, हास्यकमेडियनका रूपमा आफ्नो यात्रालाई निरन्तरता दिने बताएका छन्।

समाचार अभियान April 3, 2025 २०८१, २० चैत्र बिहीबार २२:३३
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी3
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?