By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : नगरप्रमुख साहको चेतावनी: एक हप्ताभित्र मानमत–मटिअर्वा सडक निर्माणको काम शुरु नभएमा आफू अनशनमा बस्ने
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

नगरप्रमुख साहको चेतावनी: एक हप्ताभित्र मानमत–मटिअर्वा सडक निर्माणको काम शुरु नभएमा आफू अनशनमा बस्ने

समाचार अभियान
समाचार अभियान २०८१, २० चैत्र बिहीबार २१:४८ पाठक संख्या 705
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

बारा- चैत २१। श्रीकान्त गुप्ता – कलैया उपमहानगरपालिकाका प्रमुख विनोदप्रसाद साहले मानमत–मटिअर्वा सडकखण्डको अधुरो सडक निर्माण कार्य तत्काल सुरू नगरे अनशन बस्ने चेतावनी दिएका छन्। उनले बिहीबार पत्रकार सम्मेलन गर्दै संस्कार एफएमदेखि शीतलपुरसम्मको बाँकी सडक निर्माण छिटो अघि बढाउन सरकारसँग माग गरे।

नगरप्रमुख साहका अनुसार शप्त कोशी जलधार कन्ट्रक्सनको लापरवाहीका कारण करिब ३ किलोमिटर सडक निर्माण अलपत्र परेको छ। निर्माण ढिलाइ हुँदा स्थानीय बासिन्दा धुलो, धुवा र यातायात अव्यवस्थाका कारण समस्यामा परेका छन्। “सरकारी निकाय र ठेकेदारका लापरवाहीले नगरवासी मर्कामा परेका छन्। सडक निर्माण सम्पन्न नहुँदा यातायात अवरुद्ध हुनुका साथै स्वास्थ्य समस्यासमेत बढिरहेको छ,” उनले भने।

नगर क्षेत्रका मुख्य सडकमध्ये एक मानमत–मटिअर्वा सडक निर्माण सम्पन्न नहुँदा दैनिक आवतजावत गर्ने सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ। विशेष गरी सवारी साधनको चापका कारण बाटोबाट उड्ने धुलोले स्थानीय बासिन्दाको जनजीवन प्रभावित भएको छ।

नगरप्रमुख साहले नेकपा एमाले नेतृत्वको सरकार हुँदा पनि यस क्षेत्रमा पार्टीका नेताहरूले साथ नदिएको आरोप लगाए। “नेकपा एमालेका नेताहरू निर्वाचन जितेर आए पनि स्थानीय समस्यामा चासो दिएका छैनन्,” उनले भने।

यदि एक हप्ताभित्र सडक निर्माणको काम सुरू नभए आफू कलैयाको भरत चौकमा अनशन बस्ने चेतावनी उनले दिएका छन्। नगरवासीको समस्या समाधान गर्न सम्बन्धित निकाय र ठेकेदारले चाँडो कदम नचाले आफू बाध्य भएर संघर्षको बाटो रोज्ने उनले स्पष्ट पारे।

समाचार अभियान April 3, 2025 २०८१, २० चैत्र बिहीबार २१:४८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी1
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?