By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : राजतन्त्र पुनःस्थापनाका नाममा हिंसात्मक गतिविधि प्रति नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर यादवद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

राजतन्त्र पुनःस्थापनाका नाममा हिंसात्मक गतिविधि प्रति नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर यादवद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

समाचार अभियान
समाचार अभियान २०८१, १८ चैत्र मंगलवार १९:४१ पाठक संख्या 450
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा चैत १९ । नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर यादवले बारा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै हाल देशभर राजतन्त्र पुनःस्थापनाका नाममा भइरहेका हिंसात्मक गतिविधिहरुप्रति घोर भर्त्सना गरेका छन्।

यादवले ज्ञापन पत्रमार्फत गणतान्त्रिक व्यवस्थालाई कमजोर पार्न केही अराजक समूहहरूले देशभर तोडफोड, आगजनी, लुटपाट, पत्रकारमाथि आक्रमण तथा हत्या जस्ता आपराधिक क्रियाकलाप गरिरहेको भन्दै सरकारलाई तत्काल कडा कदम चाल्न ज्ञापन पत्र मार्फत माग गरे। उनले यस्तो गतिविधि मुलुकको संविधान, लोकतन्त्र र संघीय संरचनामाथिको आक्रमण भएको उल्लेख गर्दै दोषी उपर कडा कारबाही गर्न जोडदार माग गर्नु भएको छ ।

ज्ञापन पत्रमा यादवले केही भारतीय मिडियाहरूले नेपालमा राजतन्त्र पुनःस्थापनाका पक्षमा भ्रम सिर्जना गर्न खोजेको आरोप लगाउँदै यस्ता अफवाह फैलाउने सञ्चारमाध्यमहरूलाई नेपालमा प्रतिबन्ध लगाउन आग्रह गरे। उनले नेपाली जनताको भावना विपरीत प्रचार गर्ने विदेशी मिडियाहरूको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको बताए।

उनले हालैको आन्दोलनका क्रममा पत्रकारमाथि भएको आक्रमणलाई निन्दनीय भन्दै मृतक पत्रकारका परिवारलाई सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसमेत गरे। उनले पत्रकारहरूको सुरक्षाका लागि सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिँदै दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न आग्रह गरे।

यादवले संविधानमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्दै सुशासन र विधिको शासनलाई बलियो बनाउनु पर्नेमा जोड दिए। उनले हालैका हिंसात्मक गतिविधिहरू देशलाई अस्थिर बनाउन नियोजित ढंगले गराइएकाे आरोप लगाउँदै सरकारलाई आवश्यक सुरक्षा प्रबन्ध गर्न आग्रह गरे।

ज्ञापन पत्र बुझाइसकेपछि यादवले पत्रकारहरूसँग कुरा गर्दै राजतन्त्रको नाममा भइरहेको हिंसात्मक आन्दोलनले मुलुकलाई अस्थिर बनाउने प्रयास गरिरहेको भन्दै सर्वसाधारणलाई यस्ता क्रियाकलापप्रति सजग रहन आग्रह गरे।

समाचार अभियान April 1, 2025 २०८१, १८ चैत्र मंगलवार १९:४१
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?