काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लोडसेडिङ अन्त्य हुनु कुनै चमत्कार नभई सरकारले वर्षौंसम्म निरन्तर गरेको योजनाबद्ध प्रयासको नतिजा भएको बताएका छन्।
मंगलबार बालुवाटारमा सुजाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानोबुबा’ आत्मकथा लोकार्पण गर्दै उनले लोडसेडिङ हटाउन कुनै एक व्यक्तिको भूमिका मात्रै निर्णायक नभएको स्पष्ट पारे। ओलीले “कुलमान घिसिङ बिजुली, चिम वा ट्रान्समिसन बोकेर आउनु भयो र?” भन्दै प्रश्न गरे।
उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलमान घिसिङबारे भ्रम छरेको आरोप लगाउँदै कुनै पनि ठूला उपलब्धि संस्थागत प्रयत्नबाट मात्र सम्भव हुने उल्लेख गरे।
त्यस अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली नेतृत्वको सरकारलाई पार्टीको पूर्ण सहयोग रहेको बताएका थिए।



