बारा – चैत ०६ । होली पर्व र बकर इद नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्र बनाएको जिल्ला प्रशासनले जीतपुर बजार क्षेत्रबाट बाख्रालाई खसी बनाएर विक्री गर्ने व्यक्तिलाई पक्राउ गरेपछि व्यक्तिलाई छुटाउन क्षेत्र नं ४ का संसद कृष्ण कुमार श्रेष्ठले प्रमुख जिल्ला अधिकारीलाई दबाब दिएपछि बारा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले पक्राउ गरेका ब्यक्तिलाई छोडन नमानेपछि सिडियो विरुद्ध संसद सम्म श्रेष्ठले अवाज उठाएका छन ।
व्यक्तिहरूलाई छुटाउन बारा क्षेत्र नं. ४ का सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ले सिडियो अधिकारीलाई दबाब दिएका थिए। उनले रमजान (रोजा) चलिरहेको भन्दै पक्राउ परेकालाई तत्काल रिहा गर्नुपर्ने तर्क गरेका थिए। तर, सिडियो अधिकारीले कानुनी प्रक्रिया अनुसार अघि बढ्ने बताएपछि सांसदको दबाब असफल भयो
घटनाको केही दिनपछि जीतपुर बजार क्षेत्रमै वडा अध्यक्ष सुनिल गुप्ताको समूहले पशुराम गिरीको घरमा आक्रमण गरेपछि गिरीले बन्दुक पड्काएको घटना सार्वजनिक भयो। सांसद श्रेष्ठले यो विषयलाई संसदसम्म उठाउँदै सिडियो अधिकारीको भूमिकामाथि प्रश्न उठाए। उनले प्रशासनको कार्यशैलीलाई ‘पञ्चायती शैली’को आरोप लगाएका छन्।
सांसद श्रेष्ठ सिडियो अधिकारीको सरुवा गराउन शक्तिकेन्द्रसम्म धाइरहेको स्रोतको दाबी छ। उनका समर्थकहरूले सामाजिक सञ्जालमा अधिकारीको सरुवा भइसकेको दाबी गरिरहेका छन्, तर गृह मन्त्रालयको आधिकारिक वेबसाइटमा भने कुनै सूचना प्रकाशित भएको छैन।
यसैबीच, नेकपा (एमाले) बारा सचिव अमृत बजगाईंले अप्रत्यक्ष रूपमा सांसद श्रेष्ठप्रति संकेत गर्दै सामाजिक सञ्जालमार्फत् ‘यस्ता सांसदलाई के भन्ने?’ भन्ने टिप्पणी गरेका छन्।
प्रमुख जिल्ला अधिकारी (सिडियो) बसन्त अधिकारीको नेतृत्वमा भएको अनुगमन टोलीले जनस्वास्थ्यलाई जोखिममा पार्ने कार्यमा संलग्नलाई नियन्त्रणमा लिएर काम गरिरहेको बेला संसद श्रेष्ठले हस्तक्षेप गरेको स्थानीयले आरोप लगाएका छन ।अहिले यो बिषय लिएर बारामा संसद श्रेष्ठको चौतर्फी आलोचना चलिरहेको छ ।



