By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मुख्यमन्त्री सिंह : मधेस प्रदेशमा विकास योजना खरिद–बिक्री हुँदैन
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

मुख्यमन्त्री सिंह : मधेस प्रदेशमा विकास योजना खरिद–बिक्री हुँदैन

समाचार अभियान
समाचार अभियान २०८१, २६ फाल्गुन सोमबार ०६:३८ पाठक संख्या 265
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम । फागुन २६ ।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारका विकास योजना र कार्यक्रमहरू कुनै पनि प्रकारको खरिद–बिक्रीको विषय नभएको स्पष्ट पारेका छन्।

शनिबार आयोजित ‘मधेस मन्थन’ साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री सिंहले प्रदेश सरकारले योजनाबद्ध रूपमा विकासका कार्यक्रमहरू अघि बढाइरहेको बताए। उनले प्रदेशमा सुशासन कायम गर्दै शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीका क्षेत्रमा सुधारका लागि सरकारले गम्भीर प्रयास गरिरहेको उल्लेख गरे।

मुख्यमन्त्री सिंहले संघीय सरकारको असहयोगका कारण विकासका कामहरू प्रभावित भइरहेको आरोप लगाए। संघीय सरकारले आवश्यक कानुन, बजेट र अधिकार नदिँदा जनहितमा काम गर्न कठिनाइ भइरहेको उनले बताए।

शिक्षा क्षेत्रमा १३६ पालिकाका करिब १,२०० सरकारी विद्यालयको व्यवस्थापन सुधार गर्न पहल भइरहेको जानकारी दिँदै उनले स्वास्थ्य क्षेत्रमा पनि सुधारका लागि ९४ निजी अस्पतालको अनुगमन गरिएको बताए। यस क्रममा अवैध रूपमा सञ्चालनमा रहेका ५३ अस्पताल बन्द गराइएको र कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।

ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले संघीय सरकारले अत्यन्त कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले मधेस प्रदेशमा अझै २० प्रतिशत जनता शौचालयविहीन रहेको जानकारी दिए।

कार्यक्रममा वनमन्त्री त्रिभुवन साह, श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय, युवा तथा खेलकुदमन्त्री प्रमोद जैसवाललगायतले आ–आफ्नो मन्त्रालयका गतिविधिबारे जानकारी गराएका थिए।

समाचार अभियान March 10, 2025 २०८१, २६ फाल्गुन सोमबार ०६:३८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?