बारा – फाल्गुन २६ – श्री पालनपोषण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२औं स्थापना दिवस भव्य रूपमा मनाएको छ। यस अवसरमा संस्थाले CURBS सातौं कार्यकुशलता कार्यशाला गोष्ठिको आयोजना गरी स्थापना दिवस विशेष मनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण संघको केन्द्र सदस्य शोभा कुमारी राउत र पालन पोषण तथा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष नन्दकिशोर कुशवहाले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।कार्यक्रममा प्रमुख अथिती शोभा कुमारी राउतले संस्थाको १२ वर्षको यात्राको प्रशंसा गर्दै सहकारी अभियानलाई अझै प्रभावकारी बनाउन सुझाव दिए। सहकारीको सदस्यहरूलाई मात्र नभई समुदायलाई समेत आर्थिक रूपमा सबल बनाउन योगदान पुर्याइरहेको बताए।
सातौं कार्यकुशलता कार्यशालामा नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ प्रशिक्षक महेश ब्रालले संस्थाका कर्मचारी तथा सदस्यहरूलाई सहकारी व्यवस्थापन, वित्तीय पारदर्शिता, आधुनिक प्रविधिको उपयोग तथा दीर्घकालीन दिगोपनका विषयमा तालिम प्रदान गरिएको थियो। कार्यशालामा विभिन्न विषयका विशेषज्ञहरूले सहकारी अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने उपायबारे प्रशिक्षण दिएका थिए।संस्थाले विगत १२ वर्षको अवधिमा आर्थिक स्थायित्व, बचत अभिवृद्धि, ऋण लगानी तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ। कार्यक्रममा विगत वर्षको समीक्षा गर्दै आगामी वर्षका योजना तथा लक्ष्यहरूबारे छलफल गरिएको थियो ।
बिशिस्ट अथिती बारा जिल्ला बचत तथा ऋण सहकारी संघ उपाध्यक्ष कोपिला सिम्खडा स्थापना दिवस तथा कार्यकुशलता कार्यशाला गोष्ठिले संस्थाका सदस्यहरूमा सहकारी अभियानप्रति थप उत्साह र प्रतिबद्धता जागृत हुनेछ।जसबाट संस्थाको अर्थ बलियो र मजबुत हुनेछ ।
संस्थाका अध्यक्ष नन्दकिशोर कुशवहाले कार्यक्रमको भूमिकाबारे प्रकाश पार्दै आर्थिक सशक्तिकरणमा सहकारी संस्थाहरूको योगदान अपरिहार्य रहेको बताए।
सहकारीले आगामी दिनमा डिजिटल बैंकिङ प्रणाली लागू गर्ने, सदस्यहरूको वित्तीय साक्षरतामा जोड दिने तथा नयाँ सेवा सुविधाहरू ल्याउने प्रतिबद्धता व्यक्त गर्यो कार्यक्रम समापन गर्दै संस्थाका अध्यक्षले सहकारीलाई प्रभावकारी बनाउनका लागि सबै सदस्यहरूको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै, आगामी दिनमा संस्थालाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाउनु भयो
कार्यक्रममा संस्थाका उपाध्यक्ष जयचन्द्र जयसवाल , सचिव बृजकिशोर साह लहेरा , सञ्चालक समितिका अन्य सदस्य सल्लाहकारहरू, तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमको संचालन रंजित कुशवहाले गरेको थियो



