एस पि सिंह
फागुन २३ रौतहट
जिल्लाको मध्यभागमा रहेको गरुडा नगरपालिका वडा नम्बर ३ मलाही टोलमा नगर प्रमुख कन्थ मुनी जयसवाल द्वारा नयाँ वडा कार्यालय भवनको शिलान्यास सम्पन्न भएको छ। पुरानो भवन जीर्ण भई प्रयोगविहीन बनेपछि नगरस्तरीय बजेट रु. २५ लाखको लागतमा नयाँ चार कोठे भवन निर्माण गर्न लागिएको हो।
शिलान्यास कार्यक्रममा वडा अध्यक्ष अम्बिका सहनी, जग्गादाता पारस सहनी लगायत स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो। नगर प्रमुख लगायतका बिभिन्न पार्टीका नेताहरूले बोल्ने क्रममा विशेष धन्यवाद पारस सहनी जसले वडा कार्यालय भवनका लागि १ कठ्ठा १३ धुर जग्गा निःशुल्क दान गरेका हुन् । साथै, उक्त भवनसम्म पुग्नका लागि १५ फिट चौडाई र २५० मिटर लम्बाइ भएको बाटोको व्यवस्था समेत गराइएको नगर प्रमुले बताए ।यस नयाँ भवन निर्माणले नगरवासीलाई सहज, व्यवस्थित र प्रभावकारी सेवा प्रवाह गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको वडा अध्यक्ष अम्बिका सहनीले बताए ।
नगर प्रमुख जैसवाल द्वारा वडा कार्यालय भवनको शिलान्यास
शेयर गर्नुहोस



