By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मुख्यमन्त्री सिंह अनुगमन गर्न पुग्दा विरामीलाई लुट्ने आनन्द अस्पतालका सञ्चालक फरार, १० अस्पताल बन्द गर्न निर्देशन
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

मुख्यमन्त्री सिंह अनुगमन गर्न पुग्दा विरामीलाई लुट्ने आनन्द अस्पतालका सञ्चालक फरार, १० अस्पताल बन्द गर्न निर्देशन

समाचार अभियान
समाचार अभियान २०८१, २२ फाल्गुन बिहीबार २२:१६ पाठक संख्या 117
शेयर
6 मि. पढ्न लाग्ने समय
शेयर

एस पि सिंह
फागुन २२ रौतहट
उपचारको नाममा चर्को शुल्क असुल्दै वर्षौदेखी विरामीलाई ठग्दै र लुट्दै आएका रौतहटको शिवनगरमा रहेको आनन्द अस्पताल एक्यूपन्चर सेन्टर अन्तत बन्द भएको छ ।
गरुडा नगरपालिका–५ शिवनगरमा अबैध रुपमा सञ्चालित आनन्द अस्पताल एक्यूपन्चर सेन्टर प्रालिलाई बन्द गर्न मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सिंहले आज बिहीवार अबेर साँझ गरुडा र शिवनगरमा सञ्चालित निजी अस्पतालहरुको अड्के अनुगमन निरीक्षण गरेका छन् । सो क्रममा मुख्यमन्त्री सिंहले आनन्द अस्पताल एक्यूपन्चर सेन्टर प्रालि शिवनगरमा पनि अनुगमन गर्न पुगेका थिए ।
मुख्यमन्त्री सिंह अनुगमन गर्दा कानुन विपरीत सञ्चालनमा रहेको पाइएपछि तत्काल आनन्द अस्पताल एक्यूपन्चर सेन्टर बन्द गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री सिंहको नेतृत्वमा अनुगमन टोली आउँदै गरेको सुइको पाउनसाथ सो हस्पिटलका सञ्चालक तथा कथित डाक्टर कहलाउने उमेश प्रसाद फरार भएका थिए ।
अनुगमनको क्रममा आनन्द हस्पिटल शिवनगरले गरुडा नगरपालिकाबाट कानुन विपरीत २५ बेडको अनुमति लिएपनि २५ भन्दा बढी बेड राखेको, एउटा भवनमा हस्पिटल सञ्चालन गर्ने अनुमति लिएपनि तिनवटा भवनमा हस्पिटल सञ्चालन गरेको, अन्य मापदण्ड पुरा नगरेको पाइएपछि मुख्यमन्त्री सिंहले आनन्द हस्पिटल तत्काल बन्द गर्न निर्देशन दिएका थिए ।
नियमले नगरपालिकाले निजी अस्पताललाई १५ शैया बेडको मात्र अनुमति दिन पाउँछन तर गरुडा नगरपालिकाले कानुन विपरीत आनन्द हस्पिटल शिवनगरलाई २५ शैया बेडको अस्पताल सञ्चालन गर्न अनुमति दिएको देखिएको छ ।

मापदण्ड पुरा गरेर मात्र हस्पिटल सञ्चालन गर्ने मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन । आफनो निर्देशनलाई अटेरी गरी अस्पताल सञ्चालन गरे आनन्द हस्पिटलका सञ्चालकलाई पक्राउ गरी कडा कार्यवाही गर्ने मुख्यमन्त्री सिंहले चेतावनी समेत दिए ।
एनएमसी नम्बर समेत नलिई आनन्द हस्पिटलका सञ्चालक उमेश प्रसादले उपचारको नाममा विरामीसंग चर्को शुल्क असुल्दै आएका थिए । वर्षौदेखी विरामीको ढाड सेक्ने गरी कथित डाक्टर उमेशले चर्को रकम असुल्दै आएका थिए ।

मापदण्ड पुरा नगरी गैर कानुनी तरिकाले हस्पिटल सञ्चालन गरी विरामीलाई लुट्ने आनन्द अस्पताल शिवनगरलाई मुख्यमन्त्री सिंहले अन्तत बन्द गर्ने निर्देशन दिएका छन् ।

कानुन विपरीत सञ्चालित आनन्द हस्पिटल पछिल्लो समय ज्यानमारा हस्पिटल समेत बन्दै गएको छ । उपचारमा लापरवाही गरेका कारण केहि दिन अघि मात्रै उक्त हस्पिटलमा एक जना विरामीको मृत्यु भएको श्रोतको भनाई छ ।

कथित डाक्टर उमेशको लुट धन्दामाथी मुख्यमन्त्री सिंहले आज कार्यवाहीको डण्डा चलाइदिएका छन् ।
यसैविच मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मापदण्ड विपरीत सञ्चालित रौतहटको गरुडा र शिवनगरका गरी १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री सिंहले आज गरुडा र शिवनगरमा सञ्चालित निजी अस्पतालहरुको अड्के अनुगमन निरीक्षण गर्दै मापदण्ड पुरा नगरी सञ्चालनमा रहेको १० वटा निजी हस्पिटल बन्द गर्न निर्देशन दिएका छन् ।
गरुडा नगरपालिका–५ शिवनगरमा रहेको आनन्द अस्पताल एक्यूपन्चर सेन्टर प्रालि, गरुडा नगरपालिका–४ गरुडामा रहेको अनामिका हस्पिटल, रोमा हस्पिटल, सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योति, होप हस्पिटल लगाएतका हस्पिटल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।

अनुगमनको क्रममा नियम र कानुन विपरीत सञ्चालन गरिएको पाइएकोले उक्त अस्पिटलहरु बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्री सिंहले बताए ।
कानुन विपरीत सञ्चालनमा रहेको पाइएकोले मापदण्ड पुरा गरेपछि मात्र सञ्चालन गर्न भन्दै उनले नियम प्रक्रिया नपुगुन्जेलसम्म हस्पिटल बन्द राख्न सञ्चालकहरुलाई पत्र थमाएका थिए ।
मापदण्ड पुरा नगरी हस्पिटल सञ्चालन गरेको पाइएमा ति सञ्चालकलाई पक्राउ गरी कार्यवाही गर्ने समेत मुख्यमन्त्री सिंहले बताएका छन् ।

मुख्यमन्त्री सतिश कुमार सिंह गरुडामा छड्के अनुगमन गर्न आएको थाहा पाउने वितिकै मापदण्ड र कानुन विपरीत सञ्चालित हस्पिटलका सञ्चालकहरुको भागाभाग समेत भएको थियो ।
मुख्यमन्त्री सिंह अनुगमन गर्न आएपछि गैर कानुनी रुपमा अबैध हस्पिटल सञ्चालन गरी उपचारको नाममा सर्वसाधारणसँग चर्को शुल्क असुल्दै आएका गरुडाका कतिपय हस्पिटलका सञ्चालक हस्पिटल नै बन्द गरी भागेका थिए ।

गरुडाका झोले हस्पिटलको रुपमा रहेको सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योतिका सञ्चालक हस्पिटल नै बन्द गरी फरार भएका थिए । तर पनि मुख्यमन्त्री सिंहले ति हस्पिटलहरुलाई समेत कार्यवाही स्वरुप बन्द गर्न निर्देशन दिएका हुन ।सम्बन्धित निकायबाट अनुमति नै नलिइ खुलेका अस्पतालले उपचारको नाममा चर्को शुल्क लिने गरेको गुनासो आएपछि आज धेश प्रदेशका मुख्यमन्त्रीले अनुगमन तथा निरीक्षण गरेपछि त्यस्ता अस्पताल बन्द भएका हुन् ।गरुडा नगरपालिकामा सामान्य प्रक्रियासमेत पुरा नगरी अस्पताल संचालन गरेपछि स्थानीय स्तरमा त्यसको चर्को आलोचना भएपछि अनुगमनका लागि मुख्यमन्त्री सतिशकुमार सिंह रौतहट आएका थिए ।

उनी अनुगमनमा आएको थाहा पाएपछि गरुडा र शिवनगरका आधा दर्जन अस्पतालका सञ्चालक सटर लगाएर भागेका थिए ।जिल्लामा पछिल्लो समय मापदण्ड विपरीत अस्पताल सञ्चालन गर्ने क्रम बढेको छ । उनीहरूले हचुवाका भरमा धमाधम अस्पताल खोलका छन् ।

अधिकांश अस्पतालमा एम्बुलेन्स रोक्ने पार्किङ स्थल समेत छैन । यस्ता अस्पतालको निगरानी र अनुगमन हुन नसक्दा बेथिति र सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।
रौतहट जिल्लाको चन्द्रनिगाहपुर गौर सडक खण्डका दर्जनौ स्थानमा दर्ता नै नभएका निजी अस्पतालहरु संचालनमा छन् । स्थानीयले उपचारको नाममा सर्वसाधारणसँग चर्को शुल्क असुल्ने सदरमुकाम गौरसहितका शहर बजारमा रहेका निजी अस्पताल अनुगन गरेर बन्द गराउन माग गर्न थालेका छन् ।
केही समययता निजी अस्पताल अनुगमनलाई तीव्रता दिएका मुख्यमन्त्री सिंहले मापदण्डअनुसार भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण र जनशक्ति व्यवस्थापन लगायत पुरा नगरीकनै सञ्चालनमा रहेका अस्पताल बन्द गर्न निर्देशन दिदैआएका छन् ।

समाचार अभियान March 6, 2025 २०८१, २२ फाल्गुन बिहीबार २२:१६
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?