By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : भूमिसम्बन्धी अध्यादेश फिर्ता लिने सरकारको निर्णयले बारा लगाएत मधेसमा भूमिहीन, सुकुम्बासी अन्योलमा
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

भूमिसम्बन्धी अध्यादेश फिर्ता लिने सरकारको निर्णयले बारा लगाएत मधेसमा भूमिहीन, सुकुम्बासी अन्योलमा

समाचार अभियान
समाचार अभियान २०८१, २२ फाल्गुन बिहीबार २०:०० पाठक संख्या 246
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

बारा फागुन २२। भूमिसम्बन्धी अध्यादेश फिर्ता लिने सरकारको निर्णयले बारा लगाएत मधेस प्रदेशको भूमिहीन, सुकुम्बासी अव्यवस्थित अन्योलमा पारेको छ। सरकारले भूमिसम्बन्धी ऐन २०२१ का विभिन्न बुँदामा संशोधन गर्दै भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने व्यवस्था अध्यादेशमार्फत अघि बढाएको थियो। तर, राजनीतिक दलहरूबीच विवाद चुलिएपछि सरकारले अध्यादेश फिर्ता लिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारको निर्णयको कडा आलोचना गर्दै संसदमा आक्रोश व्यक्त गरे। उनले सरकारको यो कदमलाई कमजोरीको संज्ञा दिँदै भूमिहीन जनताका आशा तोड्ने काम भएको बताए। “भूमिहीनको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छैन भन्ने देखियो,” उनले भने।

भूमि समस्या समाधान आयोगका अनुसार हालसम्म ११ लाखभन्दा बढी व्यक्तिले लालपुर्जाका लागि निवेदन दिएका छन्। आयोगका उपाध्यक्ष सनतकुमार कार्कीले अध्यादेश फिर्ता लिँदा भूमिहीनहरूको वैधानिक व्यवस्थापन अन्योलमा पर्ने बताए। “यो विषय लामो समयदेखि पेन्डिङ छ, तर अब झनै अन्योल बढ्ने देखिन्छ,” कार्कीले भने।

सरकारको निर्णयप्रति जनता समाजवादी पार्टीले भने समर्थन जनाएको छ। उक्त पार्टीले अध्यादेश भूमाफियालाई फाइदा पुर्‍याउने खालको रहेको भन्दै विरोध जनाएको थियो। तर, भूमिहीन पक्षधरहरूले सरकारको निर्णयप्रति असन्तोष व्यक्त गरेका छन्।

भूमिहीन तथा सुकुम्बासीहरूको समस्या समाधानका लागि सरकारले दीर्घकालीन योजना बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। राजनीतिक खिचातानीका कारण वास्तविक पीडितहरू झनै पीडित बन्ने स्थिति नआओस् भन्ने चिन्ता नागरिक तहमा बढ्दै गएको छ।

 

समाचार अभियान March 6, 2025 २०८१, २२ फाल्गुन बिहीबार २०:००
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?