By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : जिल्ला प्रशासन कार्यालय बारामा महिला तथा बालबालिकाको अवस्था, समस्या र समाधानबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

जिल्ला प्रशासन कार्यालय बारामा महिला तथा बालबालिकाको अवस्था, समस्या र समाधानबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

समाचार अभियान
समाचार अभियान २०८१, २१ फाल्गुन बुधबार ०७:१८ पाठक संख्या 427
शेयर
3 मि. पढ्न लाग्ने समय
oplus_2
शेयर

बारा, फागुन – २०।श्रीकान्त गुप्ता – जितपुर सिमरा कार्यालयको सहयोगमा जिल्ला प्रशासन कार्यालय बाराको आयोजनामा महिला तथा बालबालिकाको अवस्था, समस्या र समाधानबारे स्थानीय तहका न्यायिक समितिका संयोजकहरूसँग अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ।

सोमबार बारा जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका न्यायिक समितिका संयोजकहरू, प्रशासनिक अधिकृतहरू, कानूनी सल्लाहकारहरू, सामाजिक अगुवा तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा महिला तथा बालबालिकाको वर्तमान अवस्था, उनीहरूलाई पर्ने सामाजिक, कानूनी तथा पारिवारिक समस्या तथा विभिन्न कुटपिट जग्गा विवाद राजनीति विवाद ब्यक्तिगत बिबाद लगाएत अन्य विभिन्न विवादको उजुरी जिल्लामा पर्न थालेपछि तिनको समाधानका उपायहरूबारे विस्तृत छलफल गरिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताउनु भएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बसन्त अधिकारीले कार्यक्रममा प्रमुख अतिथिका रूपमा मन्तव्य व्यक्त गर्दै महिलाहरू तथा बालबालिकामाथि हुने हिंसा, भेदभाव र अन्याय रोकथामका लागि स्थानीय तहका न्यायिक समितिहरूले प्रभावकारी निश्पक्षरुपले भूमिका निर्वाह गर्नुपर्ने जोड दिनुभयो उहाँले कानूनी पहुँचलाई सहज बनाउँदै न्यायिक समितिहरूलाई थप सशक्त बनाउन प्रशासनले जुन सुकै समयमा आवश्यक सहयोग गर्ने प्रमुख जिल्ला अधिकारीले प्रतिबद्धता जनाउनु भएको छ ।

कार्यक्रममा बोल्दै विभिन्न स्थानीय तहका न्यायिक समितिका संयोजकहरूले महिला तथा बालबालिकाका मुद्दा सम्बन्धी आफ्नो अनुभव र सामना गरिरहेका चुनौतीहरूबारे प्रस्तुति दिएका थिए। उनीहरूले घरेलु हिंसा, जबर्जस्ती विवाह, छाउपडी, बालश्रम, महिला तथा बालबालिकामाथि हुने शारीरिक तथा मानसिक शोषणजस्ता समस्याहरू अझै पनि समाजमा विद्यमान रहेको छ ।अन्तरक्रियाका क्रममा सहभागीहरूले कानूनी साक्षरताको अभाव, पीडितहरूमा न्याय पाउने विश्वासको कमी, न्याय सम्पादन प्रक्रियामा ढिलाइ, आर्थिक तथा सामाजिक दबाबका कारण उजुरी दर्ता गर्न नसक्ने अवस्था जस्ता समस्या प्रमुख चुनौतीका रूपमा रहेको बताए। उनीहरूले यी समस्याको समाधानका लागि स्थानीय तह, प्रशासन, प्रहरी, नागरिक समाज तथा गैरसरकारी संघसंस्थाबीच समन्वय बढाउनु आवश्यक रहेको पालिकाका उपप्रमुखहरुले बताएका छन ।

जिल्ला प्रहरी कार्यालयका उपरीक्षक संतोष तमाङ्गले जिल्ला प्रहरी कार्यालयमा दिनहुँ समान्य किसिमको झैझगडा कुटपिट जग्गा विवादको बिषय लिएर उजुरीको दिनेको संख्या बढदै रहेको बताउनु भयो न्याय समितिले सेवाग्राहीको बिश्वास जितेर निश्पक्षरुपमा काम गएपछि जिल्ला प्रहरी कार्यालयमा सेवाग्राहीलाईले दु:ख भोग्नबाट बन्चित हुन्थ्यो ।कानुन ठोस नभएको कारणले जनतालाई न्याय दिन कठिनाई भइरहेको बताउनु भएको छ ।

कार्यक्रमको समापन गर्दै प्रमुख जिल्ला अधिकारीले महिलाहरू तथा बालबालिकाको सुरक्षाका लागि अन्तर निकाय समन्वयलाई अझ प्रभावकारी बनाउँदै यस्ता अन्तरक्रिया कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो।

कार्यक्रममा कलैया उपमहानगरपालिका उपप्रमुख रौशन प्रबिन, जितपुर सिमराका उपमेयर भोला अधिकारी , महागढीमाई नगरपालिकाका उपप्रमुख तारा देबी कानु करैयामामाई गाउँपालिकाको उपाध्यक्ष सुनैना चौधरी सुवर्ण गाउँपालिका उपाध्यक्ष पुनम कुमारी ,बारागढी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देबी राय ,लगाउत अन्य पालिकाका उपप्रमुखहरुको उपस्थित रहेको थियो ।

समाचार अभियान March 5, 2025 २०८१, २१ फाल्गुन बुधबार ०७:१८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी1
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?