By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मधेसमा शिक्षा सुधारका लागि प्रचण्डलाई आग्रह, १३ कारणसहित फाउन्डेसनको ज्ञापनपत्र
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

मधेसमा शिक्षा सुधारका लागि प्रचण्डलाई आग्रह, १३ कारणसहित फाउन्डेसनको ज्ञापनपत्र

समाचार अभियान
समाचार अभियान २०८१, १६ फाल्गुन शुक्रबार २३:०६ पाठक संख्या 61
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

सप्तरी फागुन १६। मधेसको शिक्षा प्रणालीमा सुधार गर्न आग्रह गर्दै इन्टलेक्चुअल फाउन्डेसन नेपालले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ।

शुक्रबार सप्तरीको राजविराजमा फाउन्डेसनका प्रतिनिधिहरूले अध्यक्ष प्रचण्डलाई भेटी मधेसको शिक्षा संकटबारे जानकारी गराउँदै तत्काल सुधारका लागि पहल गर्न अनुरोध गरेका हुन्।

फाउन्डेसनले मधेस प्रदेशमा शिक्षाको अवस्था कमजोर हुनुका १३ प्रमुख कारण औंल्याएको छ। विद्यालय व्यवस्थापनमा राजनीतिक हस्तक्षेप, विद्यार्थी सङ्ख्या अनुसार दरबन्दी नहुनु, शिक्षकलाई प्रशासनिक काममा व्यस्त गराइनु, तीनै तहका सरकारहरू शिक्षामा उदासीन रहनु, बजेट अभाव, दलहरूको ध्यान नपुग्नु, विद्यालयमा नातावाद–कृपावाद हावी हुनु, भौतिक संरचनाको कमजोर अवस्था, शिक्षक-कर्मचारीका सन्तान सामुदायिक विद्यालयमा नपढ्नु, दलगत प्रभाव, व्यवस्थापन समितिले प्रधानाध्यापकलाई दबाबमा पार्नु, मातृभाषा शिक्षामा प्राथमिकता नदिनु र शिक्षामा पर्याप्त बजेट छुट्याउन नसक्नु मुख्य समस्याका रूपमा उल्लेख गरिएको छ।

फाउन्डेसनका अध्यक्ष डा. सूर्यप्रसाद यादवले संघीय सरकारले कूल बजेटको कम्तीमा २५ प्रतिशत, प्रदेश सरकारले २० प्रतिशत र स्थानीय सरकारले १५ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्न बाध्यकारी कानुन ल्याउनुपर्ने माग गरेका छन्।

राष्ट्रिय जनगणना २०७८ अनुसार मधेस प्रदेशको साक्षरता दर ६३.५५ प्रतिशत मात्र रहेको छ, जुन दुर्गम मानिएको कर्णाली प्रदेशको ७६.१ प्रतिशतभन्दा पनि कम हो। नेपालको संविधानले सबै नेपालीलाई शिक्षा पाउने हकको ग्यारेन्टी गरे पनि शिक्षालाई तीनै तहका सरकारले प्राथमिकता नदिएको फाउन्डेसनको गुनासो छ।

शिक्षा सुधारका लागि ठोस नीतिगत कदम चाल्न आग्रह गर्दै अध्यक्ष यादवले प्रचण्डलाई संघीय सरकारको नेतृत्वकर्ता दलका रूपमा विशेष पहल गर्न अनुरोध गरेका छन्।

समाचार अभियान February 28, 2025 २०८१, १६ फाल्गुन शुक्रबार २३:०६
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?