बारा – फागुन १६ ।बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित श्री गढीमाई महेन्द्र प्राविधिक नमूना माध्यमिक विद्यालय को ४४ औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको वार्षिक उत्सवमा प्रमुख अतिथि महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव रहनुभएको थियो।
कार्यक्रम विद्यालय परिसरमा विविध सांस्कृतिक, शैक्षिक तथा सम्मानका कार्यक्रमसहित सम्पन्न भएको थियो। विद्यार्थीहरूद्वारा प्रस्तुत नृत्य, तथा संस्कृति र अन्य प्रतिभा प्रदर्शन कार्यक्रमले समारोहलाई झन् आकर्षक बनाएको थियो। कार्यक्रमका दौरान विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो।
विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय समाजसेवी तथा जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा विद्यालयको शैक्षिक उपलब्धि, भावी योजना र विकासका बारेमा पनि चर्चा गरिएको थियो।
विद्यालयका अध्यक्ष उपेन्द्र गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तरलाई अझ उचाइमा पुर्याउन आधुनिक प्रविधिसहितको शिक्षण प्रणाली, प्रयोगात्मक शिक्षा तथा प्राविधिक शिक्षामा जोड दिने विषयमा समेत छलफल भएको थियो कार्यक्रमको समापन सत्रमा नगर प्रमुख उपेन्द्र यादवले विद्यालयको विकास र गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। साथै, विद्यार्थीहरूलाई मेहनतका साथ अध्ययन गरी समाज र राष्ट्रको उन्नतिमा योगदान दिन प्रेरित गर्नुभयो।नगरपालिका भित्रीका बिधालयको बिद्यार्थीलाई शिक्षा प्रती उत्प्रेरित र उत्साहको लागि हरेक बर्ष बजेट दिदै आएको छु । सोही परिणाम महागढीमाई नगरपालिका भित्री पढेका बिधालयका बिद्यार्थीहरुले लोक सेवा आयोगमा धमाधम नाम निकाल्दै आएको छ ।
यसरी, श्री गढीमाई महेन्द्र प्राविधिक नमूना माध्यमिक विद्यालय को ४४ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ, जसले विद्यालय तथा स्थानीय समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाएको छ।
उक्त नगर शिक्षा समिति संयोजक,शिक्षा शाखाका रामबिश्वास चौरसिया, विद्यालय व्यवस्थापन समिति,पदाधिकारी ,श्री गढीमाई बहुमुखी क्याम्पसका अध्यक्ष बिजय स्वर्णकार , कैलाश महतो ,जितेन्द्र गुप्ता , पानालाल कलवार, पूर्ब वडा नं २ अध्यक्ष बिरेन्द्र चौरसीया , बिरेन्द्र यादव , मनोज कुशवहा ,बिधालयको प्रधानाध्यापक ध्रबेन्द्र यादव,शिक्षक अभिभावक नगर शिक्षा शाखाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।कार्यक्रमको संचालन सुनिल कुशवहाले गर्नु भएको थियो ।



