By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : पोखरियामा नापी र मालपोत कार्यालय सञ्चालन, नागरिकलाई सेवा सहज
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

पोखरियामा नापी र मालपोत कार्यालय सञ्चालन, नागरिकलाई सेवा सहज

समाचार अभियान
समाचार अभियान २०८१, १५ फाल्गुन बिहीबार २१:३४ पाठक संख्या 102
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

वीरगञ्ज –फागुन १५ । पर्साको पोखरिया नगरपालिकामा नापी तथा मालपोत कार्यालय सञ्चालनमा आएको छ। बिहीबार आयोजित एक समारोहका बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कार्यालयको उद्घाटन गरेका हुन्।

नयाँ कार्यालय सञ्चालनमा आएपछि पोखरिया र आसपासका ग्रामिण भेगका नागरिकलाई सेवा लिन वीरगञ्ज धाउनुपर्ने बाध्यता हटेको छ। मन्त्री अधिकारीले अब स्थानीय तहमै सबै सेवा सहज रूपमा उपलब्ध हुने बताउँदै यसले नागरिकको समय र खर्च दुबै बचत गर्ने उल्लेख गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले चुनावताका गरेका प्रतिबद्धता पूरा गर्ने क्रममा पोखरियामा नापी र मालपोत कार्यालय स्थापना गरिएको बताए। साथै, उनले इलाका प्रशासन कार्यालय स्थापनाका लागि पनि पहल भइरहेको जानकारी दिए।

उनले पोखरियाको विकासका लागि ३५ करोड रुपैयाँको योजना भारत सरकारको सहयोगमा ल्याएको बताउँदै आगामी दिनमा चीन भ्रमणबाट थप ४० देखि ५० करोड रुपैयाँसम्मको बजेट ल्याउने प्रतिबद्धता जनाए।

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, मधेश प्रदेश सरकारका मन्त्रीहरू जनार्दन सिंह क्षेत्री, प्रमोद जयसवाल, प्रदेश सभा सदस्यहरू श्याम पटेल, बिना शर्मा, पूर्व सांसद बिचारी यादव, पूर्व मन्त्रीहरू सुरेन्द्र प्रसाद चौधरी, हरिनारायण रौनियार, पोखरिया नगरपालिकाका प्रमुख प्रधुमन चौहानलगायतको उपस्थिति रहेको थियो।

वीरगञ्जदेखि १३ किलोमिटर दूरीमा रहेको पोखरिया नगरपालिकामा सञ्चालनमा आएको यस कार्यालयबाट नगरपालिकासहित आसपासका छ वटा गाउँपालिकाका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

समाचार अभियान February 27, 2025 २०८१, १५ फाल्गुन बिहीबार २१:३४
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?