एस पि सिंह
रौतहट फागुन ८ । कम भोल्टेजको समस्या भोगिरहेका कटहरिया १ परसबनी र प्रगतीनगर टाेलबासीलाई नयाँ ट्रान्सफर्मर जडानले निकै खुशी दिएको छ । गर्मीकाे समयमा निकै समस्या हुने गरेको अवस्थामा ट्रान्सफर्मर जडान भएपछि स्थानीयबासी निकै हर्षित भएका हुन् ।
जिल्लाको कटहरिया नगरपालिका १ का वडा अध्यक्ष भूपेन्द्र महताेको निरन्तर पहलमा स्थानीयबासीलाई खुशी प्राप्त भएको हो ।
साे टाेलकाबासी लामो समयदेखि कम भोल्टेजको समस्याबाट पीडित थिए । अत्यधिक कम भोल्टेजको कारण पंखा घुमेको जस्तो मात्र गर्ने, कुनै विद्युतीय काम गर्न ज्यादै कठिन हुने, बारम्बार लाइन जाने र लाइन ट्रिप हुने समस्याबाट स्थानीयबासी लामो समयदेखि पीडित भएका थिए ।
वडा अध्यक्ष महताेले नेपाल विद्युत प्राधिकरण चन्द्रपुर वितरण केन्द्रमा धाएर स्थानीयबासीको समस्या समाधान गराउन सफल भएका हुन् । सो वडाका वडाबासी लामो समयदेखि कम भोल्टेजको समस्याबाट पीडित रहदै आएका थिए ।
अत्यधिक कम भोल्टेजको कारण पंखा घुमेको जस्तो मात्र गर्ने, कुनै विद्युतीय काम गर्न ज्यादै कठिन हुने, बारम्बार लाइन जाने र लाईन ट्रिप हुने समस्याबाट स्थानीयबासी लामो समयदेखि पीडित थिए । अब उपरान्त उक्त समस्याबाट छुटकारा पाउने भएका छन् ।
नयाँ ट्रान्सफर्मर जडान भएपछि स्थानीय भन्छन् -पंखा चलाउन, बारीमा मोटर चलाएर पानी पटाउन तथा अन्य काम गर्नका लागि सजिलो भएको छ ।
ट्रान्सफर्मर जडान पछि वडा अध्यक्ष महताे भन्छन्, ‘वडाबासीलाई आफू सधैं आफनाे तर्फबाट हुन सक्ने सक्दाे सहयाेग गर्नेछु । १०० केभिएकाे ट्रान्सफर्मर जडान भएपछि केही हदैसम्मको भाेल्टेज समस्या हटेको छ । आफनाे वडाकाे विधुत समस्या समाधान तर्फ पहल गर्नेछु । ‘
कटहरिया १ का वडाध्यक्ष महताे द्धारा ट्रान्सफर्मर जडान गराए पछी स्थानीय हर्षित
शेयर गर्नुहोस



