बारा माघ १८ । वारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नं. १ स्थित श्री राम चरीत्र उच्च माध्यमिक विद्यालय जयनगर चिउटाहामा ६२ औं स्मृति दिवस धूमधामले मनाइएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष जवाहर प्रसाद साह उपस्थित थिए। उनले राम चरीत्रलाई महामानवको उपमा दिँदै उहाँको जीवनदर्शनको महत्त्वलाई सबैका सामु प्रस्तुत गरे।
कार्यक्रममा बोल्दै अध्यक्ष साहले भने, “हाम्रो तराईमा एउटा भनाइ छ, सन्तान नभएका मानिस कन्जुस हुने र अरुलाई केही नदिने प्रवृत्तिका हुन्छ। तर रामचरीत्रका बारेमा यो बिल्कुल उल्टो छ, उहाँले सम्पूर्ण सम्पत्ति दान गरी जीवनलाई अमर बनाउनु भएको हो। उहाँको जीवन कृति साँच्चै प्रेरणादायक छ।”
उहाँले राम चरीत्रको योगदानलाई विशेष रूपले स्मरण गर्दै उहाँले आफ्नो सम्पूर्ण सम्पत्ति मठ मन्दिर र शिक्षा क्षेत्रलाई दान गर्नु भएको र यसरी नै आफ्नो कृतित्वलाई भविष्यमा अझ बढी मूल्यवान बनाउनुभयो भन्ने कुरा बताउनुभयो। उहाँको योगदान र कार्यहरूले केवल विद्यालयलाई मात्र होइन, समाजलाई पनि बलियो बनाउने उद्देश्य राखेको थियो।
अध्यक्ष साहले भने, “हामी सबै राम चरीत्रको योगदानलाई सम्झेर र सम्मान गर्दै उहाँको कार्यलाई निरन्तर अघि बढाउन प्रयासरत रहनुपर्नेछ। उहाँका योगदानलाई सदैव सम्झनु र यसको संरक्षण गर्नु हाम्रो जिम्मेवारी हो।”
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीय समुदायका सदस्यहरूको उपस्थिति थियो। सबैले राम चरीत्रको स्मृतिमा दीप प्रज्वलन गरेर श्रद्धाञ्जलि अर्पण गरेको थिए ।
स्मृति दिवसको अवसरमा विद्यालयका प्रधानाध्यापक दिनेश प्रसाद साहले राम चरीत्रको शिक्षाप्रणाली र जीवनदर्शनको महत्त्वका बारेमा प्रकाश पार्दै भने, “हामीले आज जसरी यो दिवस मनाइरहेका छौं, यो राम चरीत्रको योगदानलाई सम्मान दिनका लागि हो। उहाँले शिक्षा क्षेत्रमा जुन योगदान गर्नुभएको छ, त्यसले हाम्रो समाज र विद्यालयलाई आजसम्म बलियो बनाएको बताउनु भयो
समारोहमा विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रममा राम चरीत्रको शिक्षापद्धतिको महत्त्वलाई प्रकट गर्ने काव्य र गीतहरू प्रस्तुत गरिएका थिए। यसरी, ६२ औं स्मृति दिवसले विद्यालय र समाजमा राम चरीत्रका योगदानलाई पुनः एकपटक उजागर गर्यो र उहाँको कृतित्वलाई सँधै सम्झिने प्रण समेत गरिएको छ।
स्मृति दिवसको सफलतापूर्वक आयोजना र प्रमुख अतिथि अथिती र प्रधानाध्यापकको मन्तव्यले सबैलाई समाजसेवाको प्रेरणा प्रदान गरेको छ।
कार्यक्रममा शिक्षक जितेन्द्र गिरी , जय प्रकाश दास , शिवनाथ साह ,आदर्श कोतवाल गाउँ पालिका वाड न १ का वाडा अध्यक्ष सुनिल प्रसाद कुशवाहा , वाड न ८ का हरिनारायण प्रसाद कुशवाहा ,रामचरीत्र उच्च मा. बि. जयनगर चिउटहाका व्यवस्थापन समितिका पुर्व अध्यक्ष मुन्ना पटेल ,नेपाल शिक्षक संघ वाराका अध्यक्ष राजकिशोर सहनी ,लगाएतले स्व. रामचरीत्र प्रसाद जैसवारले बिधालयलाई गरेका योगदानको चर्चा गर्दै उहाको स्मरण गरेका थिए । श्री राम चरीत्र उच्च मा. बि. का प्रधानाध्यापक श्री दिनेस प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक रमेश साह तथा कार्यक्रम संचालन राजकुमार कुशवाहा र पदम चौधरीले गरेका थिए ।



