बारा, माघ ११ – श्रीकान्त गुप्ता – महागढीमाई नगरपालिका–०१ मा रहेको श्री गढीमाई बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणका लागि महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले आफ्नो कर कोमल हाथबाट शिलान्यास गरिएको छ । भवनका लागि शिलान्यास गरिएपछि स्थानीय शिक्षा क्षेत्रमा सुधार ल्याउने लक्ष्यसहित अघि बढाइएको यो परियोजनाले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक आधुनिक सुविधा सहितको वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको नगरप्रमुखले यादवले बताउनु भएको थियो ।
क्याम्पस भवनको निर्माणले शिक्षा क्षेत्रमा लामो समयदेखि देखिएका भौतिक संरचनासम्बन्धी अभावलाई सम्बोधन गर्दै दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।गुणस्तरीय शिक्षा विकासका लागि आधुनिक पूर्वाधारको आवश्यकता औंल्याए यो परियोजनालाई नगरपालिका र स्थानीय समुदायको सहकार्यबाट सम्पन्न गरिने जानकारी दिँदै यसले क्षेत्रीय शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने धारणा नगरप्रमुख यादवले व्यक्त गरे।
नयाँ भवनमा पुस्तकालय, प्रयोगशाला, कम्प्युटर कोठा, र आधुनिक कक्षाकोठाहरू निर्माण गरिने बताइएको छ। यसले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्न मात्र नभई क्याम्पसको समग्र शैक्षिक वातावरणलाई उन्नत बनाउने लक्ष्य राखिएको छ।
शिलान्यास कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले यस योजनाले आफ्ना छोराछोरीलाई उच्चस्तरीय शिक्षाको पहुँच दिलाउने आशा व्यक्त गरे। उनीहरूले क्याम्पसको भौतिक र शैक्षिक संरचना सुदृढ बनाउने यस प्रयासलाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
गढीमाई बहुमुखी क्याम्पसले स्थानीयस्तरमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। यो नयाँ भवन निर्माणपछि विद्यार्थीहरूको संख्या वृद्धि हुने र उनीहरूको सिकाइ स्तरमा थप सुधार आउने विश्वास गरिएको शिक्षकहरुले बताउनु भएका छन ।
श्री गढीमाई बहुमुखी क्याम्पसको नयाँ भवनको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गरिने लक्ष्य राखिएको छ। यसले महागढीमाई नगरपालिका क्षेत्रको शैक्षिक विकासलाई थप गति दिने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा क्याम्पसका अध्यक्ष बिजय स्वर्ण कार,क्याम्पस प्रमुख तेजप्रताप चौधरी,ध्रबेन्द्र यादव , स्थानीय पानालाल साह कलवार ,धिरेन्द्र सिंह,कैलाश महतो, प्रेम साह, भोला साह , प्रमोद साह, जितेन्द्र गुप्ता, शिव चौधरी,दिपप्रकाश गुप्ता , वडा नं २ वडाअध्यक्ष बिश्वनाथ कुशवहा शिक्षाविद्, महिला संजाल बारा अध्यक्ष बबिता साह, अभिभावक, तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। शिलान्यास ओमप्रकाश दुबे ( तुफानी बाबाले) गराउनु भएको थियो ।



