बारा माघ ८ । श्रीकान्त गुप्ता – हेटौंडा सामुदायिक आँखा अस्पतालको सहयोगमा श्री पालन पोषण बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको नि:शुल्क आँखा चेक जांच शिविर कार्यक्रम आज सम्पन्न भएको छ। उक्त आंखा चेक जांच कार्यक्रममा ३८८ जना सेवाग्राहीलाई आँखाको नि:शुल्क जाँच प्रदान गरेको छ।
श्री पालन पोषण बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको यो नि:शुल्क आँखा चेक जांच शिविर कार्यक्रममा सर्वसाधारणलाई आँखा जाँचको अवसर प्रदान गरिएको थियो। जाँच परिणामस्वरूप ६७ जना सेवाग्राहीलाई मोतियाबिन्दुको समस्या देखिएको छ, जसलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा नि:शुल्क अपरेसन गरिने छ।
आँखा चेक जांच एक दिने शिविर कार्यक्रममा हेटौंडा सामुदायिक आँखा अस्पतालका चिकित्सकले सेवाग्राहीलाई आँखा जाँच गरेका थिए। आँखा जाँचमा मोतियाबिन्दु, आँखाको दृष्टि कमजोरी र जटिल र सामान्य आँखा समस्याहरूको पहिचान गरिएको थियो।
विशेष गरी मोतियाबिन्दु भएका ६७ जनालाई आँखा अपरेसनका लागि चयन गरिएको छ। उनीहरूको अपरेसन हेटौंडा सामुदायिक आँखा अस्पतालमा नि:शुल्क गर्ने व्यवस्था गरिएको छ। श्री पालन पोषण बचत तथा ऋण सहकारी संस्थाले सेवाग्राहीलाई अस्पतालमा लैजानको लागि सवारी साधनको व्यवस्था पनि गर्ने श्री पालन पोषण बचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध रंजित कुशवहाले जानकारी गराउनु भयो
उहाँका अनुसार यस कार्यक्रमको उद्देश्य स्थानीय समुदायलाई आँखासम्बन्धी समस्या र उपचारका उपायहरूबारे जानकारी दिनु र आवश्यक उपचार सेवा प्रदान गर्नु हो। सो अवसरमा सहकारी संस्थाका अध्यक्ष र सदस्यहरूले पनि कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए ।
श्री पालन पोषण बचत तथा ऋण सहकारी संस्थाले समाजमा राम्रो कार्य गर्दै आइरहेको छ र यस किसिमका सामाजिक कार्यक्रमहरूले संस्थाको लोकप्रियता अझै बढाएको संस्थाका अध्यक्ष नन्दकिशोर कुशवहाले बताउनु भएको हो यस्ता कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिइनेछ र यस क्षेत्रका बासिन्दाहरूलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन मद्दत गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
यस कार्यक्रमको सफलतापछि हेटौंडा सामुदायिक आँखा अस्पताल र श्री पालन पोषण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो साझेदारीलाई अझ मजबुत बनाउनको लागि आगामी दिनहरूमा अरू विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने सोचका साथ काम गरिरहे संस्थाका सचिव बृजकिशोर साह लहेराले कार्यक्रममा जनकारी गराउनु भएको थियो ।
सामाजिक जिम्मेवारी निभाउने र समाजको सेवा गर्ने उद्देश्यले श्री पालन पोषण बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य र अन्य सामाजिक कार्यहरूमा सक्रिय योगदान दिन जारी राखेको हुनाले समाजमा पालन पोषण बचत तथा ऋण सहकारीको चौतर्फी प्रशंसा हुन थालेको छ । समाजका भलभलादमी,समाज सेबी र स्थानीयहरुले बताएका छन ।
चेक जांच शिविर कार्यक्रममा श्री पालपोषण बचत तथा ऋण सहकारी संस्थाका सेयर सदस्य ,सम्पूर्ण क्रमचारी समाजका भलभलादमी,समाज सेबी र स्थानीयहरुको उपस्तिथि रहेको थियो ।



