बारा माघ ७ । बारा जिल्लाको प्रसौनी गाँउपालिका वडा नम्बर ७ बन्जरीयामा आगोले जलेर एक ७५ वर्षीया महिलाको मृत्यु भएको छ। स्थानीय रजिया साह कानु नामक महिलाले हिजो आफ्नो घरको अगाडी परालको घुरमा आगो ताप्दै गर्दा अचानक उनको कपडाबाट आगो सल्किएको थियो।
आगोले महिला को हात र खुट्टामा गम्भीर जलेका थिए। तत्काल उनलाई प्रादेशिक अस्पतालमा पुर्याइए पनि, थप उपचारका लागि वीरगन्जको नारायणी अस्पताल हुँदै काठमाडौँ लैजाने क्रममा बाटोमा उनकी मृत्यु भएको बारा प्रहरीका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।
मृतकको शव पोष्टमार्टमपछि परिवारजनलाई बुझाइएको प्रहरीले बताएको छ।



